28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

किरियापुत्री भवनलाई आर्थिक सहयोग जारी

दमौली/तनहुँको व्यास –३ स्थित व्यास गुफा परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ । आइतबार सिर्जना टोल विकास संस्थाले भवन निमार्णका लागि आर्थिक सहयोग गरेको छ ।

सिर्जना टोल विकास संस्थाका अध्यक्ष त्रिभुवन श्रेष्ठले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई आइतबार १० हजार १ सय ५५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका हुन् । सामाजिक उत्तरदायित्व वहन गर्दै किरियापुत्री भवनलाई आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैक्रममा सोही टोल निवासी लोचकुमारी श्रेष्ठले समेत आफ्ना दिवङ्गत पति बमबहादुर श्रेष्ठको स्मृतिमा भवनका लागि ६ हजार रुपैयाँ र टोलकै वासिन्दा ठाकुरप्रसाद पौडेलले ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । सिर्जना टोल विकास संस्थाले समयसमयमा सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएको छ ।

Related posts

सम्पदा संरक्षण सबैको जिम्मेबारी

admin

नेविसंघको प्रथम अधिवेशन

admin

सिन्डिकेट र कार्टेलिङबमा कानून व्यवसाय ?

admin