Tanahun Awaj
Uncategorized

महालक्ष्मी बैंकद्धारा खानेपानी सामग्री हस्तान्तरण

दमौली/महालक्ष्मी विकास बैंक लिमिटेड दमौली शाखाले व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माविमा आइतबार खानेपानीका सामग्री हस्तान्तरण गरेको छ ।

बैैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शुद्ध खानेपानीको अभावलाई मध्यनजर गर्दै उक्त सामाग्री हस्तान्तरण गरेको हो । बैंकले विद्यालयलाई एक हजार लिटर क्षमताको खानेपानी ट्याङ्की, १० वटा जग र ५ वटा डस्टविन हस्तान्तरण गरेको शाखा प्रबन्धक सुदीप न्यौपानेले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेललाई सामाग्री हस्तान्तरण गरेका हुन् । वाग्लेले सञ्चालनमा आएको चार महिनामै शाखाले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुशी व्यक्त गरे । वडा अध्यक्ष तुलसीराम सापकोटाले बैंकले सामाजिक क्षेत्रमा सहकार्य गर्दा बैंकप्रति समुदायको विश्वास बढ्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाले सहयोग सामग्री प्रति आभार व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक पोख्रेलले सामग्रीको उचित उपयोग गर्ने प्रतिबद्धता जनाए ।

बैंकका देशभर हालसम्म ८९ शाखा विस्तार भइसकेका छन भने यस वर्षको अन्त्यसम्म ९६ वटा शाखा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।

Related posts

डा. केसीको सत्याग्रह- आफ्नो दायित्व भुलेर दमनमा उत्रंदै सरकार

admin

संविधान दिवसको शुभकामना-सम्पादकीय

admin

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दीपकराज जोशी सहित तीनजना सिफारिस

admin