21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
Uncategorized

कर्मि डाँडामा बालउद्यान

बाबुराम खनाल
भानु/गण्डकी प्रदेशमा सांसद रामबहादुर गुरुङले एक समारोहका बीच झण्डै एक रोपनी जग्गामा फैलिएको बालउद्यानको मंसिर २८ गते शिलान्यास गर्नु भएको छ । सोही हाताभित्र झण्डै पाँच लाखको लागतमा निर्मित कङ्काली देवीको मन्दिर पनि सोही अवसरमा उद्घाटन गरिएको थियो ।

स्थानीय सहभागितामा झण्डै पाँच लाखको लागतमा कङ्काली देवीको मन्दिर निर्माण गरी नेतालाई आमन्त्रण गरेर उद्घाटन गराए पछि बालबालिका खेल्ने उद्यान निर्माणका लागि अतिथिवक्ताहरुले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने र जुटाउन समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सो अवसरमा सांसद रामबहादुर गुरुङ समेत नेकपा नेता विद्यानाथ ढकाल, भानु नगरपालिका कार्यपालिका सदस्य देव भुजेल, राष्ट्रिय मूश्लिम आयोगका पूर्व सदस्य रफिक मियाँ, महिला सञ्जालकी अध्यक्ष सिता पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले बालउद्यानलाई बालमैत्री बनाउने, बालउद्यान क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने समेतका प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रम बालउद्यान निर्माण समितिका अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो भने सञ्चालन इन्जिनियर शिव श्रेष्ठले गर्नुभएको थियो ।

Related posts

कहिले ब्यूझन्छ सरकार ?

admin

कर्मकाण्ड तालिम

admin

लगातार सुनवाइ हुने संहिताका मुद्दा

admin