Tanahun Awaj
Uncategorized

पोलेङमा राजयोग शिविर

दमौली/ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीले व्यास ११ स्थित पोलेङमा सात दिवसिय राजयोग शिविर कार्यक्रमको आयोजना गरेको छ । समाजमा जनचेतना फैलाउने एवं नागरीकलाई सशक्त बनाउने उद्देश्यले शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

शिविरमा स्वास्थ्य, सकारात्मक सोच, सात्विक जीवनशैली, आध्यात्मिक चिन्तन, योग आदि विषयमा ब्रह्माकुमारी यमुना, ब्रह्माकुमारी रेश्मा, ब्रह्माकुमार राजु खड्काले प्रशिक्षण दिएका थिए । शिविरमा मानवजीवनलाई सार्थक बनाउन र आध्यात्मिक चिन्तन, योग तथा साधनाको महत्व सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा सहभागि भएका स्थानिय बासिन्दाले प्रशिक्षण कार्यक्रमबाट जीवनोपयोगि रहेको बताए । यस्ता प्रशिक्षण बेलाबेलामा संचालन गर्न कार्यक्रमका सहभागिहरुले आग्रह गरेका थिए । शिविरमा महिला, पुरुष, युवा आदि गरी जम्मा ७५ जनाको सहभागिता रहेको थियो ।

Related posts

न्याम्स र बिपी प्रतिष्ठानको उपकुलपति आफूअनुकूल बनाउन स्वास्थ्यमन्त्री यादव सक्रिय, बालुवाटारमा प्रधानमन्त्रीसँग चर्काचर्की

admin

खचाखच कार्यकर्ता वीच जोशीको सम्बोधन

admin

बाल अधिकार दिवसको नाराले सार्थकता पाओस्-सम्पादकीय

admin