30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

किरियापुत्री भवन निर्माणमा सहयोग

दमौली/ऋषिङ गाउँ पालिका–८,नालथोक स्थायी घर भएका मुक्तिनारायण श्रेष्ठले व्यानपा ३ मा निर्माणाधिन किरियापुत्री भवन निर्माणका लागि नगद आर्थिक सहयोग गरेका छन् । हाल बेलायत बस्दै आएका श्रेष्ठले नेपाल आएको अवसर पारी उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साल र अनुगमनकर्ता प्रियनाथ पौडेललाई संयुक्त रुपमा नगद रु २५ हजार पाँच रुपैयाँ हस्तान्तरण गर्दै श्रेष्ठले समाजिक काममा सहयोग गर्न पाएर आफु खुसी भएको उल्लेख गरे । व्यास गुफा परिसरमा निर्माणाधीन ८ कोठे किरियापुत्री भवनको ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष लिईएको छ । भवनको निर्माणमा व्यास नपाले ८० प्रतिशत लागत व्यहोर्ने तथा बाँकी स्थानीय सहभागितामा जुटाउनु पर्ने छ ।

Related posts

५१औं बर्षमा निर्मल

admin

ऋषिङकाे अजम्बरी मन्दिर परिसर

admin

नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सत्यवती विजयी

admin