Tanahun Awaj
Uncategorized

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमौली/तनहुँको व्यास नगरपालिका –१२ छिर्कनमा जिपको ठक्करबाट मोटरसाइकल चालक भानु –९ पुर्कोट निवासी २६ वर्षिय रवि माझीको मृत्यु भएको छ । डुम्रेबाट दमौली जाँदै गरेको ना. २ च ४३४९ नम्बरको बोलेरो जिपले विपरित दिशाबाट आउदै गरेको ग. १० प ११४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि गम्भिर घाइते भएका चालकलाई डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि दमौली अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । मृतकको लाश पोष्टमाटमको लागि दमौली अस्पतालमा राखिएको छ भने जिप चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Related posts

उत्साहपूर्ण हेटौडा यात्रा

admin

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

admin

प्रमुख प्रतिपक्ष- सरकारलाई डर, नागरिकलाई भर

admin