दमौली/विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी गरेको छ ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको प्रभातफेरी सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले बोलका थिए ।
कार्यक्रममा महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायत पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
