पुट्टार/प्राविधिक शिक्षालय पुट्टारमा बुधबारसम्म १५ जनाले आवेदन भरेका छन् भने १५ भन्दा बढी सम्पर्कमा आएका छन् । शिक्षालय प्रमुख गोविन्द पौडेलले दिएको जानकारी अनुसार शिक्षालयले आवेदन खुल्ला गरेको ३६ सिटमा तीस जनाले आवेदन भर्ने अवस्था देखिएको छ भने बाँकी छ जना पनि अन्यत्र आवेदन गरेर सिफ्ट भएर आउने अवस्था रहेको हुँदा विद्यार्थी संख्याको अपुग नहुने विश्वास शिक्षालय प्रमुखको रहेको छ । विहिबार कार्यालयसम्म आवेदन गर्ने म्याद रहेको पनि प्रमुखले जानकारी गराउनु भयो ।
निःशुल्क प्राविधिक शिक्षा भन्ने राज्यको शैक्षिक नीति भएको भएपनि शिक्षालय संञ्चालन गर्न प्रयाप्त अनुदान राज्यले उपलब्ध गराउन नसकेको अवस्थासम्म विद्यार्थीसंग शुल्क लिएर भएपनि प्राविधिक जनशक्ति उत्पादन गर्नमा शिक्षालय लागि परेको छ । गत बर्ष ९२ हजारमा पुरा हुने रेन्जर तहको ३ वर्षे कोर्ष राज्यको अनुदान बढेसंगै घटेर ७५ हजार कायम भएको छ । शिक्षालय संञ्चालन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा असोज १३ गते बसेको बैठकले सो निर्णय गरेको हो । समितिले अरु पनि महत्पूर्ण निर्णय गरेको छ । नयाँ भर्नाको लागि शिक्षालय प्रमुखको संयोजकत्वमा तीन सदस्यी प्रवेश परीक्षा सञ्चालन उपसमिति गठन गरेको छ । राज्यलाई भाडा तिरेर लिएको ७२ रोपनी १० आना जग्गा अपुग भएको ठहर सहित थप जग्गा माग गर्ने निर्णय गरेको छ । पुट्टारमा शिक्षालय पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चालन समितिका सदस्य स्व.शान्तबहादुर श्रेष्ठको योगदानको उच्च मूल्याङ्कन गर्दै रिक्त सदस्यमा उपयुक्त व्यक्तिको नाम सिफारिस गर्ने पनि समितिले निर्णय गरेको छ । समितिले वन विज्ञानका अतिरिक्त कृषि वाली विज्ञान र पशु विज्ञान जस्ता शैक्षिक कार्यक्रम थप गर्न समेत CTEVT मा प्रस्ताव पठाउने निर्णय गरेको छ ।
शिक्षालयमा आवेदन दर्ता शुरु शुल्कमा भारी छुट
previous post