म्याग्दे/ गाँउपालिकाद्धारा आयोजित चार दिने एकिकृत घुम्ति शिविर आईतवार वडा नं. १ को बाख्रेबाट शुभारम्भ गरिएको छ । म्याग्देबाट वि वि श्रेष्ठले दिएको जानकारी अनुसार पहिलो दिन एक सय चार जनाले स्वास्थ्य सेवा लिएका छन् । यो शिविर असोज नौ गतेसम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
एकिकृत घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन कयान्सर परिक्षण सेवा प्रदान गरिएको म्याग्देबाट श्रेष्ठले जनाएका छन् । कृषि तर्फ उन्नत जात विउ विजन वितरण, विभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचार, पशु वन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको श्रेष्ठको समाचारमा उल्लेख छ । पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु दिईएको छ । उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध पनि गराइएको छ ।
एकिकृत घुम्ती शिविरमा दुईजनाले अपाङ्गता परिचयपत्र पाएका छन् भने दुईजना ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । २९ जना सेवाग्राहीले दन्त सेवा लिएका छन् । एक्सरे सेवा एक जनाले लिएका छन् भने परिवार नियोजन सेवा ५ जनाले प्राप्त गरेका छन् । महिला २७ जना र पुरुष ११ जना गरि कुल ३८ जनाले आयुर्वेद सेवा प्राप्त गरेका छन् ।
शिविरमा सवैभन्दा धेरै कृषि तर्फ १०७ जना र पशु तर्फ ६२ जनाले सेवा प्राप्त गरेका छन् । पञ्जिकरण शाखा अन्तरगत कुल ५ जनाले विभिन्न सेवा प्राप्त गरेका छन् । टोलमा नै आएर पालिका तथा वडावाट विभिन्न सेवा प्राप्त भएपछि खुशी लागेको वाख्रे टोल विकास संस्थाका अध्यक्ष सोम वहादुर आलेले वताए ।
पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्येश्य अनुसार एकिकृत घुम्ति शिविर गर्न लागिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो ।
चारदिने घुम्ती शिविर सम्पन्न
previous post