23.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

व्यास क्षेत्रमा महामिलन पर्व

दमौली/वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा कार्तिक एक गतेबाट सञ्चालित विश्व रुकार परिवार तथा हिन्दु महामिलन पर्वमा देश तथा विदेशका हिन्दु अनुयायीको उल्लेख्य सहभागिता रह्यो । पर्वकै अवसरमा भारत, अमेरिका, वेलायत तथा जर्मनीका अध्येता एवं अनुयायीहरु समेत उपस्थित भए । उनीहरुले वेदव्यासको जन्मथलो दमौलीलाई तीन अर्ब हिन्दु अनुयायीको मूल थलोको रुपमा घोषणा गर्ने कार्यमा ऐक्यवद्धता जनाए ।

कार्तिक ३० गते हुने महामिलन पर्वको समापन कार्यक्रममा सभामुख कृष्णबहादुर महरा उपस्थित हुने बताएको छ । महामिलन पर्वमा नेपालका विभिन्न स्थानीय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधिहरुको समेत उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ । पर्वकै अवसर पारेर व्यासका अध्येता काशीनाथ न्यौपानेद्वारा लिखित महर्षि वैदिक फाउण्डेशन नेपालले प्रकाशित पुस्तक वेदव्यासको इतिहासको विमोचन समेत गर्ने बताइएको छ ।
महामिलन पर्वको मूल उद्देश्य दमौलीलाई रुकार परिवारको मुल थलोको रुपमा विकास गर्दै जाने, वेदव्यासको १०८ फुट अग्लो प्रतिमा निर्माण कार्यलाई तिब्रता दिने तथा व्यास वैदिक विश्वविद्यालय स्थापना गर्ने कुरामा जोड दिने रहेको नेपाली काँग्रेस वि पिका केन्द्रिय सदस्य यमबहादुर आलेले बताए ।

Related posts

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

admin

सातामा दशहजार संक्रमित

admin

सम्पादकीय

admin