25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

सातामा दशहजार संक्रमित

यो साता कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको तथ्याङ्क अनुसार गत विहिबारबाट हिजो बुधबारसम्मका देशभर १० हजार १३ कोरोना संक्रमित थपिएका छन् । गत साता यसै अवधिका थपिने संक्रमितको संख्या ९ हजार ४ सय ७७ थियो ।
यसैगरी गत साताको यो अवधिमा ८ हजार २ सय ४८ संक्रमण मुक्त भएका थिय भने यो साता ६ हजार ४ सय ६४ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो साताको तुलनामा यो साता बढी छ । अघिल्लो साता यही अवधीमा कोरोना संक्रमणका कारण ५७ जनाको ज्यान गएकोमा यो साता ६२ जनाको ज्यान गएको छ ।यो साता ३ हजार ४ सय ७५ महिला र ६ हजार ५ सय ३८ पुरुष गरी १० हजार १३ नयाँ संक्रमित थपिएका हुन् । यसैसाता १६ महिला तथा ४६ पुरुष गरी ६२ जनाले ज्यान गुमाएका हुन् ।

Related posts

सम्बन्ध विच्छेद पछिको अधिकार

admin

पुष्पकमलको ड्याम–ड्याम र लोकतन्त्रको भविष्य

admin

अपाङ्गता स्वाबलम्बन समुह गठन

admin