अर्खलाछाप/आँखा तथा कानको समस्या भएकाहरुका लागि ऋषिङ गाउँपालिका वडा नं ७ स्थित अमर आधारभूत विद्यालय अर्खलाछापमा माघ १७ र १८ गते निःशुल्क शिविर सञ्चालन हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी तनहूँ जिल्ला शाखाको नेपालका भूकम्प प्रभावित समूदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागी सशक्तिकरण र समावेशीकरण कार्यक्रमको आयोजनामा सञ्चालन हुने शिविरमा विशेषज्ञ डाक्टर तथा प्राविधिकहरुद्वारा निःशुल्क आँखा र कानको जाँच सुविधा प्राप्त हुनेछ । शिविरमा अति आवश्यक व्यक्तिहरुको लागी निःशुल्क आँखा र कानको शल्यक्रिया सुविधा प्रदान गरिनुका अतिरिक्त आवश्कता अनुसार अति आवश्यक औषधी समेत वितरण गरिने छ ।
वीपी नेत्र प्रतिष्ठान, बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्थापना केन्द्रको भक्तपुरको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी कोटदरबार एवं ऋषिङ उपशाखको सहयोगमा सञ्चालन हुने शिविरमा आवश्यकता अनुसार निःशुल्क चश्मा तथा श्रवण यन्त्र समेत वितरण गरिने जनाइएको छ ।
कोटदरबार तथा रानीपोखरी अपाङ्गता स्वावलम्वन समूहको पहलमा सञ्चालन हुने शिविरमा उपचार सम्भव नभएका दृष्टीविहिन तथा कान नसुन्ने ३ देखि ८ वर्षका बालबालिकाको लागि परामर्श गरी विद्यालय भर्ना गर्ने तथा ठुला भैसकेका दृष्टीविहिन तथा कान नसुन्नेहरुका लागि परामर्श तथा जीवनउपयोगी सिप तालिम प्रदान गरिने आयेजकले जनाएको छ ।