
एम ए अर्थशास्त्र
कुनै पनि देशको, पालिकाको विकास गर्न प्रशस्त आर्थिक स्रोत र प्राकृतिक स्रोतहरु हुनु अनिवार्य हुन्छ । सरकारले यस्ता सुविधाको विस्तारमा प्रशस्त रकम खर्च गर्नु पर्दछ । जनता गरिब हुनुले आँफै व्यवस्था गर्न
सक्दैनन् । विकासको सफलताको लाग बनाइएका नीतिहरु सरकारी र नीजि क्षेत्रको भूमिका सन्तुलीत हुनुपर्दछ । अर्थव्यवस्थाको व्यवस्थापन नराम्रो भएमा जनतामा गरिएको लगानी खेरजान सक्दछ । उपयुक्त आर्थिक नीतिले नवप्रवर्तन र लगानी प्रोत्साहिक गर्ने सुशिक्षित र सुप्रशिक्षित श्रमिकहरुको माग बढाउने नीतिहरुले विकासका लागि आवश्यक वातावरण पैदा गर्दछ । (Better economic policies that encourage innovation and investment which increases the demand for workers who are better educated and better trained provide crucial environment for speedy economic development) ।
ग्रामिण वस्तीमा अधिकांश जनता गरिबिका घेरामा रहेका छन् । यस्तो अवस्थाबाट बाहिर ल्याउन श्रममुलक आर्थिक विकास र कुशल सामाजिक खर्चमा ध्यान पु¥याउनु पर्दछ । यि दुवै उपायको समिश्रणबाट गरिबको लागि अबसरहरु विस्तारगर्न सकिन्छ । त्यसैले बढीहानी पुग्ने समुदायका लागि स्थानिय तहका नीतिहरु समुदायलाई संरक्षण गर्ने सुरक्षाजालिहरुको व्यवस्थापन गर्नु अत्यावस्यक हुन्छ । ग्रामिण अर्थव्यवस्थामा आम्दानी, बचत, लगानी अत्यन्त कम छ । जसको कारण ग्रामिण गरिबहरु दरिद्रताको कुचक्र (Vicious circle of poverty) फसिरहेका छन् । यस्तो अवस्थामा स्थानिय पालिकाले बनाउने र घोषणा गर्ने वार्षिक नीति तथा कार्यक्रम जनताको माग केन्द्रित हुन अत्यावस्यक छ । प्रत्येक वर्ष जनताको हितका निमित्त गरिएको खर्चबाट प्रतिव्यक्ति आम्दानी र जनताको जिवनस्तरमा के कति परिवर्तन आयो सो को मुल्याङ्कन गर्नु
पर्दछ ।
यसको अलावा पालिकाको विकास, संम्वृद्धि, परिवर्तन प्रशासकिय दक्षता (Administrative efficiency) मा निर्भर गर्दछ । प्रभावकारी योजना कार्यान्वयनको लागि स्वच्छ प्रशासन चाहिन्छ । स्वच्छ जनप्रशासनले विकासका योजनाको सफलता निर्धारण गर्दछ । योजना कार्यान्वयनको विभिन्न चरणमा राम्रो प्रशासन संयन्त्रको आवश्यकता रहन्छ । एक वरिष्ठ, दक्ष, अभ्रष्ट प्रशासनिक इकाइ, योजनाको कार्यान्वयननै सफलताको प्रस्थान विन्दु हो । त्यसैले भनिन्छ ‘A strong, competent and incorrect administration is the first condition for the success of plan implementation. In the absence of such administration it is often much better that local bodies should be laissez faire than pretended the plan’ स्वच्छ प्रशासनयन्त्रको अभावमा स्थानिय तहले योजना कार्यान्वयनको विकास, अभियानको बहाना गर्नुको सट्टा स्वतन्त्र रहनु बढी राम्रो र बुद्धिमानी हुन्छ । जनता के कुरामा आस्वस्त हुनुपर्दछ भने करको रुपमा स्थानिय पालिकालाई तिरेको रकम जनताकै कल्याण र हितका, विकासका निमित्त नै खर्च भैरहेको छ र दुरुपयोग भएको छैन । स्थानिय पालिकाका जनप्रतिनिधिले यस्तो मुल्याङ्कन समय समयमा गरी करको दरमा परिवर्तन र सार्वजनिक खर्च गर्ने ढाँचामा (Method of public expenditure’s policy) मा परिवर्तन गर्दै लैजानु पर्दछ ।
समष्ट्रीगत रुपमा स्थानिय पालिकाका वडा वडामा गरिएको खर्चले जनताको जिवनस्तर (Standard of living) र आम्दानीको स्तरमा (Level of per capita income increment) के कस्ता परिवर्तन आएको छ सो पक्षलाई ध्यान दिनु उपयुक्त हुन्छ । जनतामा लगाइएको कर (Tax) को बेलाबेलामा पुनरावलोकन (Review) गर्नु आवश्यक हुन्छ । जुन पलिकामा गरिएको खर्च (Public Expenditure) को बेरुजु रकम बढी र जनतामा बढी आलोचना, असन्तुष्टि छ सो पालिकामा भ्रष्टाचार भएको छ भन्ने स्वतः प्रमाणित हुन्छ । यस्तो अवस्थामा सुधार ल्याउन पालिका प्रशासन र जन निर्वाचित जनप्रतिनिधि सदैव सतर्क रहनु आवश्यक हुन्छ । आगामी दिनमा प्रत्येक नागरिकले आफु र आफ्नो समुदायका सबै व्यक्तिलाई च्भाचभभ को भूमिकामा निर्देशित गर्नुपर्ने हुन्छ । आसा गरौं अवस्था सुधार होला ।
