32.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

पत्रकार नेतृत्व विहिन

दमौली/अध्यक्षात्मक प्रणाली रहेको नेपाल पत्रकार महासंघको २६औं अधिवेशनबाट निर्वाचित अध्यक्ष विपुल पोखरेलले सोमबार राजीनामा दिएपछि नेपाल पत्रकार महासंघ नेतृत्व विहिन भएको छ ।
गत बैशाखमा २७ अधिवेशन गर्न मिति तोकेको नेतृत्वले सदस्यता विवाद लगायतका विभिन्न कारणले अधिवेशन गराउन नसकेपछि मानसिक तनाव, स्वास्थ्य र असक्षमताको नैतिक जिम्मेवारी स्वीकार गर्दै पोखरेलले राजनीतामा दिएका छन् ।
सदस्यता शुद्धीकरण छानबिन समिति र २७औं महाधिवेशनले गठन गरेको अध्यक्ष मण्डलको अबको अस्तित्व समाप्त भएको अवस्थामा महासंघको सदस्यता यथावत कायम भएको महासंघका सदस्यता विवादका जानकार बताउँछन् । अब छिटो चुनाव गराउने तदर्थ समितिबाट काम गर्नुपर्ने उनिहरुको जिकिर छ ।

Related posts

तनहुँका पत्रकार सिक्किम पुगेर भानुभक्तको शालिकसंगै तस्विरमा

admin

सवारी दुर्घटनामा महिलाको मृत्यू

admin

प्रजातन्त्रवादी वकिलको “नया“ नेतृत्व चयन

admin