तरूण दल गठन
भिमाद/नेपाली कॉग्रेसको भातृसंगठन नेपाल तरूण दल भिमाद-४ एकाई समितिको गठन भएको छ । पुस ११ गते शनिबार नेपाली कॉग्रेस वडा सभापति तथा तरूण संयोजक समेतको उपस्थितिमा आयोजित भेलाले तरूण दल भिमाद न.पा. वडा नं ४ एकाईको गठन गरेको महाधिवेशन प्रतिनिधि मिलन आलेले जनाएका छन् ।
गठित तरूण दलको अध्यक्षमा बसन्त गुरूं चयन भएका छन् । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश: महेश राना , उज्जल थापा, मनिता थापा र टेकबहादुर थापा (गणेश) चयन भएका छन् । भेलाले मिलन गुरूं, मेरिना थापा, श्रीराम परियार, भुवन थापा, बुद्धिबहादुर राना, सोम थापा र विनोद थापालाई दलको कार्यकारीणी सदस्यमा चयन गरेको छ । अन्य दल त्याग गरी नेपाली कॉग्रेसमा प्रवेश गर्नेहरूलाई भेलामा औपचारिक स्वागत गरिएको थियो ।