33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

घरबिहिनको निर्माणका लागी आर्थिक सहयोग जुट्दै

फोटो बी बी श्रेष्ठ


केशबटार/व्यास नगरपालिका वडा नं १४, केशवटार निवासी घरविहिन मन वहादुर थापा वौदलको घर स्थानियको सक्रियतामा निर्माण हुने केशबटारबाट बी बी श्रेष्ठले इमेल मार्फत जनाएका छन् ।
घर विहिन वौदलको घर नभएपछि स्थानियको वाख्राको खोरमा लामो समयदेखि जीवन यापन गर्दे आएका वौदल दैनिकी ज्यालादारीवाट जिवन यापन गर्दे आएका छन् । करिव ६ दशक व्यास १४ को केशवटारमा जीवन विताएका वौदलको घर नभएर वाख्राको खोरमा परिवार पाल्दै आएकोमा स्थानियको सक्रियतामा सकेको सहयोग उठाएर घर निर्माण गर्न लागिएको व्यास १४ का वडा सदस्य दुर्गा वहादुर आलेले वताए ।
श्रीमती र ३ छोरीका साथ अर्काको टहरोमा वस्दै आएको मनवहादुरको छोरीको विवाहपछि ज्वाई लगायतलाई समेत अर्काको घरमा सुताउनुपर्ने वाध्यता भएपछि गाँउले र सम्वन्धित निकायवाट आर्थिक सहयोग जुटाउन थालिएको हो ।
घर निर्माणका लागी व्यास नगरपालिकावाट रु. ६० हजार आर्थिक सहयोग प्राप्त हुने वडासदस्य आलेले वताए । यसैगरि वौदलको घर निर्माणका लागी मधु थापावाट ३०,५२५।–, दरिमाया थापावाट २१,०२५।–, गोमन सिंहआले वाट २० हजार, हुम आलेवाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको वडा सदस्य आलेले वताए ।
यसैगरी एसओएस को परिवार पुर्नस्थापना कार्यक्रमवाट वौदलको लागी शौचालय र वाख्राको खोर निर्माण गरिदिने भएको छ ।
घर नहुदाको दुख देखेर स्थानियको सक्रियतामा घरनिर्माणका लागी पहल गरिदिदाँ आफुलाई साह्रै खुशी लागेको वौदलले वताए । स्थानिय गाँउलेको सक्रियता र श्रमदानवाट घर निर्माण गर्न लागिएको हुदाँ ईच्छुक व्यक्तित्वहरुले घर निर्माणका लागी सक्दो सहयोग गरिदिन वडासदस्य दुर्गा वहादुर आलेले अनुरोध गरे ।

Related posts

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

तनहुँले देखायो दलित ऐक्यबद्धता

admin

१३ औं साधारण सभा

admin