Tanahun Awaj
समाचार

१३ औं साधारण सभा

फोटोः शिवकालिका सहकारी

दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारण सभा सोमबार दमौलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्णबहादुर खड्काका अध्यक्षतामा सम्पन्न साधारण सभामा बोल्दै व्यास नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी बैकुण्ठ न्योपानेले संस्थाको ऋण असुली सम्बन्धि समस्याको समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यास–३ का वडाध्यक्ष अनुप राना, राष्ट्रिय सहकारी बैंक दमौली शाखाका प्रवन्धक सन्तोष अधिकारी तथा संस्थाका निवर्तमान अध्यक्ष मुमबहादुर वंशीले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा संसथाका अध्यक्ष पूर्णबहादुर खड्काले आगामी वर्षको कार्यक्रम, लेखा सुपरिवेक्षक समितिका संयोजक विष्णुभक्त न्यौपानेले लेखा समितिको प्रतिवेदन तथा सचिव दीपक न्यौपानेले सचिवको प्रतिवेद पेश गरेका थिए । कोषाध्यक्ष सन्तलाल श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन, ऋण उपसमितिका संयोजक नीरबहादुर मल्लले लगानी र असुलीको प्रतिवेदन तथा महिला तथा बालबालिका उपसमितिका संयोजक इन्दिरा पण्डितले आफ्नो समितिको प्रतिवेदन पेश गरेको कार्यक्रममा शेयर सदस्यहरुका मध्येबाट ८९ वर्षिय रामबहादुर शाही, एसइइमा उत्कृष्ट जिपिए ल्याउन सफल आकांक्षा वाग्ले र सरिस्मा आधिकारीलाई सम्मान गरिएको थियो । सचिव दीपक न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा बेलबहादुर रानाभाटले अतिथीको स्वागत गरेका थिए ।

Related posts

ऋषिङ गाउँ पालिका वडा नं ५ को नवनिर्मित वडा कार्यालय भवनः

admin

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता-जनमुखी निर्णय कि आन्तरिक शक्तिको टकराव ?

Deepak Joshi

तनहुँका छ जना पत्रकार पुरस्कृत

Deepak Joshi