गत महीना नेपालले एक बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाबाट एक अर्ब ६० करोड रुपैयाँ हात पा¥यो । विश्व बैंकबाट नेपालले पाएको यो रकम मुलुकमा भएको वनजंगलले वातावरण रक्षार्थ गरेको योगदानको मूल्यांकन स्वरूप प्राप्त गरेको हो । र यो नेपालले पहिचान गरेको आर्थिक सम्भावनाको नयाँ तरिका पनि हो । विश्व बैंकको वन कार्बन साझेदारी सुविधा अन्तर्गत प्राप्त यो रकम सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलले कार्बन उत्सर्जन घटाएर कार्बन सञ्चिति बढाए बापत आएको हो । स्मरण योग्य कुरा के हो भने संसारमा कारोबार हुन थालेको यो नयाँ खाले वातावरणमा आधारित व्यवसायमा लाभ पाउने थोरै मुलुकमध्ये नेपाल पनि एक हो । दक्षिणएशियामा त नेपाल नै पहिलो मुलुक हो । अर्काे सम्झन लायक कुरा के हो भने नेपालले दह्रो मोलमोलाई गर्न सक्ने हो भने कार्बन व्यापार भनिने यो खाले व्यापारबाट नेपालले यही अवधीको थप रकम पाउने सम्भावना छ ।
पृथ्वीको बढ्दो तापमान विश्व समुदायको चिन्ताको विषय हो । २०औं शताब्दीमा ०.७ डिग्री सेल्सियसले बढेको पृथ्वीको तापमान २१औं शताब्दीमा १.८ देखि ४ डिग्री सेल्सियससम्म बढ्न सक्ने भनिएको छ । यसको कारण बढी मात्रामा कार्बनडाइअक्साइड, मिथेन जस्ता ग्यास उत्सर्जन हो । यस्तो काम औद्योगिक देशहरुमा बढी हुने गर्छ । त्यसैले ताकिएको सीमाभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्ने देशहरुले कम कार्बन उत्सर्जन गर्ने मुलुकसंग उत्सर्जन गर्न पाउने अधिकार किन्न पाउने व्यवस्था गरियो । धनी र बढी कार्बन उत्सर्जन गर्ने देशले कार्बन उत्सर्जन घटाउने मुलुकलाई पैसा तिर्नुपर्ने भयो । यसैको लाभ नेपालले गत महिना प्राप्त गरेको हो ।
गत महिना प्राप्त रकम हामीले ६ वर्षको अवधिमा सञ्चित गरेको २४ लाख टन कार्बन सञ्चितीको प्रमाणका आधारमा प्रति टन पाँच अमेरिकी डलरका दरले पाएका हौं । अझ थप ७० लाख छन् कार्बन सञ्चिती बापतको रकम हामीले पाउन बाँकी रहेको छ । जसको मूल्य झण्डै पाँच अर्ब हुन आउँछ ।
सानै किन नहोस्, हामीले पहिचान गरको नयाँ व्यापारको तरिकाबाट हामीले आर्जन आरम्भ गरेका छौं । वन विनाश हुनबाट जोगाउँदै कार्बन सञ्चितीको क्षमता बढाएर हामीले थप आर्जन गर्न सक्छौं भने कालो पत्थरमा परिणत हुँदै गएका हिमाल जोगाएर नेपालको सौन्दर्य र पर्यटन मार्फत हुने आम्दानीको श्रोत समेत जोगाउन सक्छौं । यो सुखद सुरुवातका लागि हामी सबै नेपाली बधाईका पात्र बनेका छौं ।
समाचार
-
ऋषिङ/ऋषिङ गाउँपालिकाको आयोजना गरेको चौथो ऋषिङ अल्ट्रा म्यारथन २०८१ को उपाधी नेपाली सैनिकका हुमलाल…
-
राष्ट्रिय एकता दिवसको अवसरमा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने पञ्चायत…
-
दुलेगौडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको…
-
[3d-flip-book id=”11886″ ][/3d-flip-book]
-
ऋषिङ गाउँपालिका वडा नं.५ की पर्मिला थापा २०८१/९/२३ मा वडा कार्यालयबाट अनलाइन नागरिकता सिफारिस…
-
दमौली/नवौं तनहुँ महोत्सव आज विहिबारबाट दमौलीको बी पी बन बाटिकामा शुभारम्भ हुँदैछ । नवौं…
-
ककुर्दीबन्दिपुरलाई कार्यक्षेत्र बनाएको नारायण गोपाल युवा क्लबले माघे संक्रान्ति पर्वमा गोरु जुधाई र भलिबल…
-
कुमालटारी/व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यास–१०…
-
आजबाट नवौं तनहुँ महोत्सव प्रारम्भ हुने भएको छ । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक…
