26.3 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

पन्यो काण्ड छानबिन गर्न समिति

भिमाद/प्रभात एकेडेमी बोर्डिङ स्कुलमा विद्यार्थीलाई पन्योले डामेर सजाय दिएको घटनाको छानविन गर्न भिमाद नगरपालिकाले आफ्नो उपसचिवको संयोजकत्वमा एक कार्यदल गठन जनाएको छ ।

माघ २९ गतेको यो काण्ड अदालतमा दोस्रो पटक म्याद थमाएर बालबालिका सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको अवस्थामा भिमाद नगरपालिकाले छानविनका लागि कार्यदल गठन गरेको समाचार बाहिरिएको हो । भिमाद नगरपालिकाको न्यायीक समितिको संयोजक उपप्रमुख शारदा खनालले दिएको जानकारी अनुसार पन्यो काण्डको छानविन गर्न शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधी सहित तीन सदस्यीय समिति गठन गरिएको छ । भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा सञ्चालकको हैसियतमा कार्यरत शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई सजाय स्वरुप पन्यूले डामेपछि सख्त घाइते बनाएकी थिइन ।
पन्यो काण्डप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा वालअधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९८९, नेपालको संविधानको मौलिक हक, नीति, वालवालिका सम्बन्धी ऐन २०७५ ले प्रदान गरेको कानुनी हकको बारेमा गण्डकी प्रदेशका संयोजक शिव खकुरेलद्वारा शनिबार जारी विज्ञप्तिमा स्मरण गराइएको छ ।

Related posts

सदरमुकामबाट यातायात पछि ट्राफिक कार्यालय बाहिरिदै संकटमा सदरमुकामको पहिचानगत अस्तित्व

admin

राष्ट्रिय गन्जागोलको निकाश राष्ट्रिय एकता

admin

तनहुँ बारमा प्रधानन्यायाधीशको स्वागत

Deepak Joshi