दमौली/नवौं महोत्सव बाह्र दिनसम्म चलेर सोमबार समापन भएको छ । स्थानीय कृषि उत्पादनलाई प्रबद्धन, संरक्षण र प्रोत्साहन गर्दै महोत्सवले तनहुँको पर्यटकीय क्षेत्रको विकास तथा प्रबद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको दावी छ । करिव पाँच करोड भन्दा बढीको कारोवार गर्न सफल भएर आर्थिक मन्दीलाई महोत्सवले चलायमान गराएको आयोजकको दावी छ । प्रायः सबै राष्ट्रियस्तरका, प्रदेशस्तरका र स्थानीय कलाकारहरु, संगितकारहरुलाई महोत्वमा उतारेर महोत्सवमा सहभागि बालकालिका, विद्यार्थि, युवा, युवती, प्रौढ, बृद्धबृद्धाहरु समेत समग्र समाजलाई भरपुर मनोरञ्जन दिन पनि महोत्सव पूर्णमा रुपमा सफल रहेको मूल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रको दावी छ ।
महोत्सवमा विपन्न÷ सम्पन्न सबैको सहभागितालाई विशेष चासोका साथ प्रबन्ध मिलाएको आयोजकको दावी छ । नेपालभरकै महोत्सवहरु भन्दा फरकशैलीमा नवौं तनहुँ महोत्सवले आफूलाई प्रस्तुत गर्न सफल भएको छ । नवौं तनहुँ महोत्सवमा विदाको दिनमा बाहेक ११ बजेभन्दा अघिको प्रवेशलाई निःशुल्क प्रवेशको प्रबन्ध मिलाएर आर्थिक उपार्जन भन्दा पनि सबैको सहभागितालाई विशेष प्राथमिकतामा राखिएको थियो । यो सन्देश समयमा हामीले प्रवाह गर्न सकेको हुँदा उद्घाटनसत्रमा यस बर्ष विगतका बर्षमा भन्दा बढी दर्शक स्रोताको सहभागिता रहेको आयोजकको दावी रहेको छ ।
स्थानीय कृषि उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराएर महोत्सवमा आफ्नो उत्पादनको विज्ञापन, बजारिकरण गर्दै व्यवसायीक प्रबद्र्धनलाई यो महोत्सवले थप प्रोत्साहित गरेको छ । त्यसैगरी पर्यटनको विकासमा विशेष ध्यान पु¥याएको छ ।
पहाडकी रानी बन्दिपुर भनेर चिनिने तनहुँको बन्दिपुर जानलाई नयाँ प्रविधि सञ्चालन गरेको केबुलकार कम्पनीलाई सहआयोजक बनाएर नवौं तनहुँ महोत्सवले बन्दिपुर जान, त्यहाँ पुगेर साईकिलिङ्ग गर्न, जीप लाईनमा सहभागि हुन २०८१ को असार मसान्तसम्मका लागि पच्चीस प्रतिशत छुटको प्रबन्ध मिलाएको छ । त्यसैगरी कम्पनीले सञ्चालनमा ल्याएको होटलमा खानाखान, खाजा खान, समेतका खानापान तथा बासका लागि पन्ध्र प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । तर महोत्सवको टिकट भने देखाउन पर्ने अनिवार्य रहेको आयोजकले स्पष्ट पारेको
छ । त्यसैगरी तनहुँको गौरवको रुपमा रहेको एक मात्र स्टार होटल सिद्धार्थमा महोत्सवका अतिथि, कलाकारहरुलाई सहुलियत दरमा आवासको व्यवस्थापन गरेर पर्यटन क्षेत्रको अभिन्न अंग होटल व्यवसयलाई स्थापित गर्न मद्धत गरेको छ ।
महोत्सवले महोत्सव परिसरको स्तरउन्नतीको लागि पूर्ण टिकटमा प्रतिटिकट सात रुपयाँ बजेट छुट्याउने प्रबन्ध मिलाएको छ । विगतमा भन्दा बढी दमौली बजार इकाइलाई पनि आर्थिक सहयोग गर्नेछ । यस बर्ष महोत्सले माघी पर्वलाई पनि महोत्सवको अभिन्न अंगकै रुपमा स्वीकार गरेर सो दिनको टिकट आम्दानीमा भन्दा सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर देखाएको
छ ।
विगतका बर्षहरुमा विवादित बनेको निःशुल्क पास यो बर्ष हटाइएको छ । अतिथिहरु र आमन्त्रित व्यक्तिलाई बाहेक निःशुल्क पासको व्यवस्था नै गरिएको थिएन । समिति तथा उपसमितिलाइ पनि सःशुल्क प्रवेशको प्रबन्ध मिलाएर नयाँ प्रयोग महोत्वले गरेको थियो । आयोजकले महोत्सवको आम्दानीबाट खाजा खर्च समेत नगरेर आधारभूत खर्च पनि कटौति गरेर महोत्सवको आम्दानी बचाएको आयोजकको दावी रहेको छ ।
प्रमुख अतिथिको सवालमा भएका टिकाटिप्पणीप्रति खुलेर बोलेका मूल समारोह समितिका संयोजकले टिका टिप्पणीलाई वास्तविकताको अल्पज्ञानको टिप्पणी गरेका छन् ।
प्रमुख अतिथिको सवालमा कुरा स्पष्ट छ कि सरकारको पहिलो मर्यादाक्रमको व्यक्ति खोज्ने क्रममा राष्ट्रपति समक्ष प्रस्ताव पु¥याएका हौं । राष्ट्रपतिको स्वास्थ्य र मौसमको सम्वेदनशिलतालाई ख्याल गरेर त्यसपछिको माथिल्लो मर्यादाक्रमलाई आमन्त्रण गर्नेक्रममा उपप्रधानमन्त्रीले समय दिनुभएको हो । जिल्लाकै मन्त्री भएको मन्त्रीमण्डलको माथिल्लो मर्यादाक्रमको उपप्रधानमन्त्रीलाई ल्याउँदा कसैलाई अर्घेलो महसुस हुने ठाउँ दिएका छैनौं । जिल्लाबाटै निर्वाचित माननिय शंकर भण्डारीलाइ समापनमा प्रमुख अतिथिको स्थान दिएका छौं । जहाँसम्म प्रमुख अतिथिको हेलिकप्टर खर्चको सवाल हो एक पैसा पनि महोत्सवले व्यहोर्ने होइन– मूल समारोह समितिका संयोजक मिश्रले स्पष्ट पार्नुभयो । स्थानीय उत्पादन, घरेलु सामग्रीको बजारीकरण गर्न र पर्यटकीय स्थलको पहिचान गराउन महोत्सव सफल रहेको छ ।
समाचार
-
दमौली/व्यास नगरपालिकाको आयोजनामा चौंथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन २०८१ हुने भएको छ…
-
दमौली/लायन्स क्लब अफ तनहुँ भानुभक्तले लायन्स गजल साँझको आयोजना गर्न लागेको सचिव महेन्द्र गिरीले…
-
दमौली/तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको…
-
दमौली/तनहुँमा एचपीभी खोप अभियानको सञ्चालन हुने भएको छ ।१० देखि १४ वर्ष सम्मका सबै…
-
पहिलो तस्वीर ऐतिहासिक रानीपोखरी, दोस्रो तस्वीर समुद्र सतहबाट १२६० मिटर उचाईको गढी डाँडो तथा…
-
दमौली/सरकारले पौष २९ मा जारी गरेको सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केही…
-
सातौं दिनको आकर्षण प्रिति र पशुपतिःमाघीकोे रौनकले महोत्सव भिडमभाड बनायो महोत्सव
by Tanahu Awajby Tanahu Awajदमौली/नवौं तनहूँ महोत्सवको सातौं दिनको सांगितिक आकर्षणको केन्द्रमा प्रिति आले मगर र पशुपति शर्मा…
-
दमौली/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर दोस्रो पटक…
-
दमौली/नेपाली काँग्रेसले तनहुँका लौहपुरुष गोवर्धन शर्माका साहिँला सुपुत्र जगदिशचन्द्र पोखरेललाई तेस्रो पटक नीति अनुसन्धान…
