प्रमुख प्रशासकिय अधिकृत विना सूचना काठमाडौं हिडेसँगै गर्माएको दमौलीको वातावरण थप गर्माएको छ । प्रमुख प्रशासकिय अधिकृतले आफुहरु माथी असल व्यवहार नगरेको भन्दै मातहतका कर्मचारीले कारवाहीको माग राख्दै हस्ताक्षर संकलन गर्ने, कार्यालयमा रहेको नेमपेल्ट हटाउने तथा उनि चढ्ने गाडीको चावी लुकाउने गरेपछि जिल्ला सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिका देश व्यापी चर्चामा आएको हो । र, यिनै विषम परिस्थितिका बीच अधिकृत हरिराम नागिला बिना सूचना राजधानी हानिएका थिए ।
नगरपालिकामा व्याप्त वेथितिलाई न्यूनिकरण गर्न अभियान अधिकृत नागिलाले प्रारम्भ गरेका कारण एक्लिएका र लखेटिएका भन्दै स्थानिय नागरिकले नागिलाको पक्ष लिएका छन् ।
यसै बीच नगरपालिकाका कतिपय कर्मचारीले दमौलीमा घर हुँदाहुँदै नक्कली घरबेटी खडा गरेर गैरकानूनी रुपमा नपाबाट घरभाडा लिएको समाचार प्रकाशनमा आएको छ ।
दोस्रो तथा अन्तिम कार्यकाल नगरप्रमुखको रुपमा कार्यरत बैकुण्ठ न्यौपानेलाई भने यि दुवै काण्डले अप्ठ्यारोमा पारेको छ । आमअपेक्षा थियो, मेयर न्यौपानेको यो कार्यकाल सुशासन, सदाचार र विकासको हिसाबले स्मरण योग्य हुनेछ, जसले उनकै राजनैतिक भविष्य उज्वल बनाउने थियो । तर सुशासनका पक्षमा रहेका अधिकृत नागिलालाई साथ र समर्थन नदिएको भन्दै मेयर न्यौपानेको आलोचना भएको छ । अझ गैर कानूनी घरभाडा प्रकरणले त झन् सुशासनको उल्टो यात्रामा नगरपालिका र यसको नेतृत्व रहेको आम बुझाई बन्न पुगेको छ ।
हजारौं जनताको रगत र पसिनाबाट जम्मा भएको कर माथी मनपरी गर्ने छुट कसैलाई छैन र सुशासनको पक्षमा रहेका जो कोहिलाई खेद्ने कुरापनि कुनै नगरवासीलाई मान्य नहुने तथ्य स्मरण गर्दै नगरपालिका नेतृत्वले आगामी दिनमा आफुलाई सच्याउँदै लगोस् ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःमुलुकी देवानी संहिताले फलोपभोग जस्तै सुविधाभार पनि नयाँ शब्दको चयन गरेर अधिकार र कर्तब्यको…
-
पृष्ठभूमिःफलोपभोग सम्बन्धी कानुनी व्यवस्था संहितामा राखिएको छ । यो कानुन बनाउनेहरुले यो कानुनको व्यवहारिक…
-
राजनीतिमा सत्ता नै सर्वोपरी हुन्छ । सत्ता प्राप्त गर्न र शक्तिमा रहिरहन राजनीतिक दलका…
-
यो वर्ष हामिले दुई वटा चुनाव सम्पन्न गर्यो । दुबै चुनाव एकहिसाबले सफल पनि…
-
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन…
-
पृष्ठभूमिःआफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको सम्मान गर्नु पर्दछ । कसैले कसैको स्वाभिमानलाइ चोट…
-
पृष्ठभूमिःदुष्कृतिको कानुनका बारेमा संहिताले पहिलो पटक कानुनमा व्यवस्था गरेको छ । यो कानुनको बारेमा…
-
आजको आलेखको शुरुवात एउटा दक्षिण भारतीय चलचित्रको प्रसङ्गबाट गरौं कि जस्तो लाग्यो । चलचित्रको…
-
नेपाली राजनीतिलाइ २०४६ को राजनीतिक परिवर्तन पछि नेपाली मतदाताहरुले खुल्ला किताब झै पढेका छन्…
