हिजो नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरे । कोरोना संक्रमणका कारण धेरैको समूहमा जम्मा हुने र भव्य कार्यक्रम गर्ने अवस्था थिएन र सम्भवतः अब अधिकांश कांग्रेस कार्यकर्ताका लागि बीपी सम्झिरहनु पर्ने पात्र पनि होइनन् । बीपीको आदर्शलाई पछ्याउन उनको आदर्श अनुकुलको आचरण गर्नुपर्छ र उक्त आदर्श अनुकुलको आचरण गर्नु भनेको सत्य, न्याय र निष्ठाका लागि लड्नु हो । तर अहिलको अधिकांश कांग्रेस कार्यकर्ताको ध्यान बीपीको नाम जपेर शक्तिमा पुग्ने र कमाउने तर्फ छ, जुन उनको आदर्श हुँदै होइन ।
बीपीले प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रुपमा छोटो समयमा जुन काम गर्नुभयो त्यसको व्याज अहिलेसम्म खाइरहेको छ, कांग्रेस । तर कांग्रेसमा बीपीका प्रतिको आकर्षण उहाँले भने झै साँच्चै विपन्न नेपालीको समग्र उत्थानमा लाग्नका लागि अब रहेन । रह्यो त बीपीको नाममा सत्ता र शक्तिमा पुग्ने कुरामा । पछिल्ला घटनाक्रमलाई हरौं न । पार्टी प्रमुख प्रतिपक्षको भूमिकामा छ । प्रतिपक्षको काम भनेको सरकारलाई गलत मार्गमा हिँड्न नदिनु र आम नागरिकको भरोषा बन्नु हो । तर उसलाई आम नागरिकका दुःख संग कुनै सरोकार नै छैन । कोभिड–१९का कारण नेपाली समाज अस्तव्यस्त बनेको छ । खान नपाएर कतिपय नागरिक सडकमै मर्ने अवस्था राजधानीमा नेताहरुको आँखा अगाडी देखिएको छ । रोगको भयले स्वदेश फर्केका आफ्ना नागरिक भोकै मर्नुपर्ने अवस्था आएपछि फेरी भारत फर्किन थालका छन् । मलको अभावमा किसान रोइरहेका छन् । तर कांग्रेस नेतृत्वको व्यवहार देख्दा लाग्छ, यस्तो केही भएकै छैन । के भोकले मर्न लागेको नागरिको जीवन बचाउने दायित्व कांग्रेसको होइन ? रोजगारीको अभावमा फेरी विदेशिन लागेका नागरिकलाई यही बस्ने र आफ्नै भूमिमा पसिना बगाउने कुरामा कांग्रेसले राजी गराउन पहल गर्न सक्दैन ? विडम्बना कांग्रेसलाई अब त्यो गरिबको कुनै मायाँ छैन । खिइएको कांग्रेसको नेता बनिरहेन धुनले नेताहरुलाई जनताबाट अलग बनाएको छ । जनताबाट अलग हुँदै गएको पार्टीको भविष्य के हुने भन्ने चिन्ता आम शुभ चिन्तक र रुख चिन्हमा मतदान गर्नेहरुमा कायम छ ।
पहिले इमान्दार व्यक्तिलाई पार्टीमा ल्याउन होडबाजी चल्थ्यो तर अहिले इमान्दार कार्यकर्ताबाट पार्टी चल्दैन भन्ने सोचमा नेता पुगेका छन् र इमान्दारहरु पार्टीबाट पाखा लाग्दैछन् । के बीपीको आदर्श यही थियो ? बीपी जे नहोस् भन्नु हुन्थ्यो कांग्रेसमा त्यही भइरहेको छ । समय घर्की सकेको छैन । नागरिकसंग बढेको दूरी घटाउँदै गुम्दै गएको साख जोगाउन अझै समय बाँकी छ । जननायक बीपी कोइरालको १०७ औं जन्म जयन्तीको अवसरका सबै कांग्रेसमा उहाँको आदर्श अनुशरण गर्ने शक्ति प्राप्त होस्, हाम्रो कामना र उहाँका प्रति शब्द श्रद्धा !
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःसंहिता कानुन लागु भएपछि घरेलु हिंसाको स्वरुप परिवर्तन भएको पाइएको छ । संहिता कानुन…
-
–चितवनमा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका चिकित्सकको घरमा वडा सदस्य समेतको सल्लाहमा टोलविकास…
-
भाद्र १५ मा देशभर १३ औं पुस्तकालय दिवस मनाइयो । यस वर्षको दिवसको नारा…
-
मैले लिटरको ठ्याक्कै हिसाब त गरेको छैन तर अक्सर मलाई हप्ताको ५ लिटर पेट्रोल…
-
परम्परादेखि चलिएको रितिस्थिती परिवर्तन गर्न निकै गाह्रो हुन्छ । हामीले जानी आएका मध्ये कति…
-
पत्रकार समाजका आँखा हुन् । समाजका मुहार र शब्द पनि । सञ्चार विकासको मापदण्ड,…
-
उत्पत्ती:सन् २०१९, डिसेम्बरमा चिनको उहान प्रान्तमा पहिलो पहिचान भएको कोरोना भाइरस कोविड १९को नामले…
-
पृष्ठभूमिःन्यायपालिकाले लागू गरेको चौथो पञ्चबर्षिय रणनीतिक योजना सबै जिल्ला तथा उच्च अदालतहरुमा लागू भैसकेको…
-
नेपाल यतिबेला कोरोनामय छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा दैनिक जसो नयाँ सङ्क्रमण…
