नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिहको २४ आंै स्मृति दिवस बुधबार मनाइयो । नेपाली महिला आन्दोलनको कुरा गर्दा सबैले श्रद्धा पूर्वक लिने नाम हो मंगलादेवी सिहं । १९८१ सालमा काठमाण्डौंको न्हैकन्तलामा जन्मेकी सिंहको विवाह लौहपुरुष तथा सर्वाेच्च नेताका नामले समेत परिचित गणेशमान सिंहसंग विसं १९९७ असारमा भएको थियो । लगतै सोही कार्तिकमा राणा विरोधी आन्दोलनमा लागेको भन्दै गणेशमान जन्मकैदको घोषणा भएपछि उनी पनि जहानिया राणा शासनको विरोधमा लागेकी थिइन् ।
२००४ सालमा नेपाल महिला संघको स्थापना गरेर राणाहरुलाई चनौति दिएकी सिंह राणा प्रधानमन्त्री पद्म समशेरले गरेको सुधार, वास्तविक सुधार नभएर जनताका आँखामा छारो हाल्ने काम भएको भन्दै राणाहरुको दरवारमा जाने जुलुसको अगुवाई गर्ने महिला पनि हुन् । २००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सिंह २०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको विरोध गरे बापत ५ वर्ष जेल परिन् । यसका साथै २०२५ साल पछि ८ वर्षसम्म निर्वासनमा समेत रहेर पञ्चायतको विरोधमा संगठन गर्ने र जनमत तयार गर्ने काममा समेत सक्रिय भएर लागि परिन् । २०४२ सालमा पार्टीले सञ्चालन गरेको सत्याग्रह तथा २०४६सालमा सञ्चालित प्रजातन्त्रको पुनः स्थापनाको आन्दोलनमा सक्रिय रहेकी सिंह नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भिक योद्धा, महिलाहरुको हक, हित र अधिकारको लागि सदैव संघर्षरत प्रेरक व्यक्तित्व हुन् ।
२०५३ भाद्र १० मा नेपालले नेपालको प्रजातान्त्रिक तथा महिला आन्दोलनकी अथक योद्धा सिंहलाई सदाका लागि गुमायो । नारी संघर्षका पाइलाहरु नामक संंस्करणत्मक पुस्तककी लेखक सिहको आदर्शलाई नेपाली कांग्रेसले भुल्दैगएको वर्तमानमा उनको सम्झना मात्रले पनि केही हदसम्म आदर्श अनुशरण गर्न कांग्रेसजनलाई प्रेरित गरेको भए स्मृति दिवसको सार्थकता रहने थियो । आदर्शकी प्रतिरुप र नेपाली प्रजातान्त्रिक तथा महिला आन्दोलनकी अगुवा र अथक योद्धा सिंह प्रति स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली !
विचार/दृष्टिकोण
-
नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा जान चाहनेहरुको चाहना मुखरित हुन…
-
एसइई–२०७६ को नतिजा प्रकाशन भएसंगै यस वर्षको नतिजालाई लिएर पत्रपत्रिका र सामाजिक सञ्जालमा विभिन्न…
-
अन्य शहरहरूको तुलनामा भिमाद शैक्षिक, आर्थिक, भौतिक, सामाजिक र राजनैतिक क्षेत्रमा त्यति पिछडिएको छ…
-
अपेक्षित काम विग्रिएर अनपेक्षित नोक्सानी व्यहोर्नु पर्दा वा विशेष वाधा अड्चन परी गर्छु भनेको…
-
सानोमा ठुलो मान्छे बन्नुपर्छ भन्ने भुत म मा एकदमै चढेको थियो । बाआमाले गफ…
-
पिपला ढुङ्गाना केहि समय अगाडी एउटि साथिसँग कुरा गर्दै थिएँ । कुरैकुरामा उसले आफ्नो…
-
पृष्ठभूमिःमुलुकले चैत्र ११ गतेदेखि भोगेको बन्दाबन्दीको अवस्था अझै व्यवहारिक रुपमा खुलेको छैन । वैधानिकता…
-
चाडबाड धमाधम आउन थालेका छन् । हिजो मात्र हामीले कुशे औंशी पर्व मनायौं ।…
-
२०७६ सालको एसइइ परीक्षाको परीक्षाफल भरखरै प्रकाशित भएको छ । परीक्षाको सम्पूर्ण तयारी पश्चात…
