कलेस्ती/लायन्स क्लब अफ व्यास सिटीले चट्टयाङ पिडित पुप्पा भण्डारीलाई संस्थाको तर्फबाट रु २१ हजार प्रदान गरेको छ । गत जेठ १३ गते घरको पिढीमा चट्याङ पर्दा गम्भीर घाइते भएकी कटुन्जेकी १३ वर्षिया पुष्पालाई वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको प्रमुख आतित्यथामा औपाचारिक कार्यक्रमगरी आर्थिक सहयोग गरिएको हो । उक्त अवसरमा पुष्पा भण्डारी उपचार सहयोग समितीका संयोजक समेत रहेका वडाध्यक्ष न्यौपानेले गाउँमै खोजी खोजी आएर आर्थिक सहयोग प्रदान गरेकोमा दातालाई धन्यवाद प्रदान गरेको समितीका सदस्य बाबुराम खनालले बताए । पुष्पा ३ महिना पछि विद्यालय जान सक्ने भएकी छन् । उनका दाजु विजयले लायन्सक्लब व्यास सिटी तथा सबै दाता प्रति कृतज्ञता व्यक्त गरे ।
Tanahu Awaj
-
आफ्ना शत्तिशाली प्रधानमन्त्रीले अरिंगाल बनेर विरोधीलाई चिल्न निर्देशन दिएको एक वर्ष पुग्न ४ दिन…
-
वेनीपाटन/व्यास नगरपालिका वडा नं. ५ स्थित वेनीपाटन टोल विकास संस्थाले नगरमै पहिलो पटक टोलमा…
-
दमौली/जिल्ला बाल न्याय समन्वय समिति तनहूँको आयोजनामा सुक्रबार दमौलीमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको…
-
दमौली/लामो रस्साकस्की पछि शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ तनहुँको घोषणा भएको छ ।…
-
भोली अर्थात असोज ३ गते देश भर संविधान दिवस हर्षाेल्लासका साथ मनाईंदै छ ।…
-
हाम्रा नेताहरु कति दत्तचित्त भएर जनताको लागी काम गर्नुहुन्छ । भत्ता लिइलिइ भनेपनि बैठक…
-
ठाँटीचौर/विश्व आत्महत्या विरुद्धको दिवसको अवसरमा व्यास ९ ठाँटी चौरस्थित लक्ष्मी आधारभूत विद्यालय जुनियर रेडक्रस…
-
गल्बुबेसी/छाब्दी प्रवेशद्वार टोल विकास संस्थाको अध्यक्षमा गंगादेवी गुरुङ सर्वसम्मत चयन भएकी छन् । संस्थाको…
-
दमौली/व्यास नगरपालिकाले १४ वटै वडामा रहेका टोल विकास संस्थाका प्रतिनिधिसंग विभिन्न विषयमा छलफल सम्पन्न…
