Tanahun Awaj
Uncategorized

किरियापुत्री भवनका लागि सात लाख सहयोग

दमौली/तनहुँ अमेरिका सोसाइटीले तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनको लागि सात लाख रुपैयाँ सहयोग गरेको छ ।

अमेरिकाको विभिन्न शहरमा बसोबास गर्ने तनहुँवासीबाट संकलन भएको रकम बुधबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । सोसाइटीका महासचिव कृष्णजीवि पन्थले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो अवसरमा अमेरिकाको न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायतका ठाउँमा बस्ने ४२ जनाले उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो । सोसाइटीका महासचिव पन्थले विदेशमा रहेर पनि मातृभूमिलाई सहयोग गरौं भन्ने भावना आफूहरुमा सँधै रहिरहेको भन्दै किरियापुत्री भवन जस्तो सकरात्मक काममा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विदेशमा रहेर पनि मातृभूमिका लागि सहयोग गर्नु ठूलो कुरा भएको भन्दै सोसाइटीलाई धन्यवाद ज्ञापन गरे । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामान्य रुपले शुरु भएको अभियानमा अमेरिकाकाबाट समेत सहयोग प्राप्त हुनु मातृभूमिप्रतिको सद्भाव र माया भएको बताए ।

Related posts

हाम्रा प्रधानमन्त्रीलाई केही निम्छरा प्रश्नहरु

admin

महिला हिंसा र न्यूनीकरणका उपाय

admin

विना सुनवाई जेलमा चालीस बर्ष

admin