22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

नेल्टा तनहूँको आयोजनामा अंग्रेजी शिक्षकको कार्यशाला

दमौली/नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) गण्डकी प्रदेश र तनहँुको आयोजनामा दमौलीमा माध्यमिक तहका अंग्रेजी शिक्षकहरुका कार्यशाला सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षणमा कक्षाकोठालाई कसरी जीवन्त बनाउन सकिन्छ भन्ने विषयमा आयोजित सो कार्यशालामा अमेरिकी भाषा विज्ञ एवं प्रशिक्षक डा.आनी हकिन्सनले आफ्ना अनुभवहरुसंगै शिक्षकहरुको पेशागत विकासका लागि अपनाउनुपर्ने तौरतरिका र विधीहरुका बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् । नेपाल स्थित अमेरिकी दुतावास र आदिकवि भानुभक्त क्याम्पस दमौलीको सहयोगमा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष डा. नवराज न्यौपानेको अध्यक्षतामा आयोजित कार्यशालामा जिल्लाभरिबाट विभिन्न ३५ वटा विधालयवाट शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

Related posts

भिटामिन ए कार्यक्रम

admin

एक गाउँ एक उत्पादन– एक सन्दर्भ

admin

जापानी विद्यार्थीको सहयोग

admin