नयाँ वर्षको शुभ–कामना हामी नयाँ वर्ष २०७७ को संघारमा छौं । नयाँ वर्षले हामी सबैमा खुसी, जोस र जाँगर ल्याउनु पर्ने हो । उत्साह थप्नु पर्ने हो । तर यस पटकको नयाँ वर्षले हामीमा उत्साह, खुसी, जोस अनि जाँगर ल्याउन सक्ने दखिएको छैन । नयाँ वर्ष मनाउन नयाँ ठाउँ जाने, साथीभाइ जमघट भएर रमाइलो गर्ने अवसर यसपटक जुर्ने देखिएको छैन । सामाजिक सञ्जाल मार्फत शुभकामना आदान प्रदानमा नयाँ वर्ष सिमित हुने भएको छ । ‘जीउ रहे घीउ खाउँला’ भन्ने नेपाली उखानलाई मनन गर्ने हो भने चाहिँ फोन वा सामाजिक सञ्जाल मार्फत नै यस पटकको शुभकामना साटासाट गर्नु उपयुक्त हुने
देखिन्छ । जीवन रहे अर्काे वर्ष साथी भाइ मिलेर नयाँ ठाउँ घुमेर अनि पिकनिक गएर वा अन्य कुनै नयाँ काम गरेर सामूहिक रुपमा नयाँ वर्ष मनाउँला । अहिले चाहिँ आफु सुरक्षित हुने र आफ्ना आफन्त, साथीभाइ तथा अन्यलाई सुरक्षित हुन सल्लाह संगै शुभकामना दिएर नयाँ वर्ष मनाउनुमा बाहेक अरु कुनै काममा उपयुक्तता देखिएको छैन ।
विश्वव्यापी माहामारी बनेको कोभिड–१९ का कारण संसार त्राही–त्राही छ । हामी कहाँ पनि बढ्दो संक्रमणले त्रास थपेको छ । यो सम्पादकीय तयार पार्दा सम्म नेपालमा कोरोनाका कारण ज्यानै नगएको भएपनि हामीले आवश्यक सावधानी अपनाउन नसक्दा संक्रमण अझ बढ्ने देखिएको छ । खासगरी विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा यो खतरा बढेको हो । अनि अत्यावश्यक काम बाहेक पनि सडक वा गल्लीहरुमा हिंड्ने, साथी भाइ जमघट भएर गफ गर्ने, सामाजिक दुरीको वेवस्ता गर्दै भिडभाड गर्ने गर्न हामीले छोडेका छैनौं । हाम्रै दमौलीको तरकारी लाइनमा सांझ विहान देखिने भिडले यहि संकेत गरेको छ ।
हामी एक दुइ जनाको सानो असावधानीले लाखौंको ज्यान जोखिममा पर्न सक्छ भन्ने हामीले विश्वपरिवेशबाट पनि बुझ्न सकेनौं वा स्वतन्त्रताको अर्थ छाडापन भन्ने बुझ्यौं खुट्याउन कठिन भएको छ । कोरोनाका कारण हजारौं मानिसले ज्यान गुमाइसक्दा पनि हामी भने अझै यसको जोखिमलाई गम्भीरता पूर्वक लिने अवस्थामा पुगेका छैनौं । हातमा कलम हुने हामी त अनुरोध मात्र गर्न सक्छौं, सचेत गराउन सक्छौं । के गर्ने तपाईँहरुकै हातमा छ । सबै सावधान र सचेत भएर कोरोना विरुद्ध लडौं । सामूहिक प्रयत्नले मात्र हामी कोरोना जित्न सक्छौं । पक्ष र विपक्षका कुरालाई थाती राखेर एकताबद्ध भई कोरोना विरुद्ध लडौं । नयाँ वर्षको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुकमा हार्दिक मंगलमय शुभ कामना ।
Tanahu Awaj
-
विश्वव्यापी महामारी कोभिड–१९, कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि सरकारले सुरु गरेको लक डाउनको दोस्रो…
-
काकीको खुल्दुली केही समय पहिलाको गीत थियो– ‘अल्ली यता सर न रेसम, चौतारीको बरपिपल,…
-
नेपाली काँग्रेसका नेता रामचन्द्र पोख्रेलले पठाइ दिएको पुस्तक रामनाथ भट्टराई मार्फत मेरो अफिसमा आई…
-
गत साता परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीका दुइ भनाइहरुले सामाजिक सञ्जालको बजार तताए । पहिलो थियो,…
-
पृष्ठभूमिः खुला राजनीतिक व्यवस्थाले विकास गरेको जनचेतना र अधिकार संरक्षण गर्ने सजगताको कारण समाजमा…
-
विशेषसम्वाददाता/ विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा फैलिने आशंकाले चैत्र ११ गतेबाट शुरु भएको…
-
ऋषिङ्ग/विदेशमा रहेका व्यक्तिहरु घरपरिवारको साथमा आई बसेको अवस्थामा जनप्रतिनिधिहरुलाई त्रास बढेपछि गाउँ गाउँमा पुगेर…
-
समजुर/वीपी हाई भई छाती दुखेको बताउने भानु–३ समजुरका ६२ बर्षिय कृष्णबहादुर बानियालाई उनका चार…
-
कोरोना महामारीसंग जुध्न भन्दै नेपाल सरकारले चीनबाट शनिबार केही स्वास्थ्य समाग्रीहरु ल्याईपु¥याएको छ ।…
