दमौली/शिक्षा विकास तथा समन्वय इकाई तनहूँले द्वन्द्व पिडित अभिभावकका स्कूलमा अध्ययनरत विद्यार्थीलाई ९६ हजार छात्रबृत्ति उपलब्ध गराएको छ । इकाईका प्रमुख रमाकान्त शर्माले दिनुभएको जानकारी अनुसार छात्रबृत्ति व्यवस्थापन समितिको आईतबार बसेको बैठकले सो निर्णय गरेको हो । छ परिवारका अभिभावकका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी सोह्र हजारको दरले छात्रबृत्ति उपलब्ध गराइएको छ । छात्रबृत्ति पाउने विद्यार्थीहरुमा जयदुर्गा मावि ऋषिङ्ग–५ मा कक्षा नौमा अध्ययनरत राधामायाँ सोती रहेकी छन् । राधा मावि म्याग्दे–२ मा कक्षा १० मा अध्ययनरत जुना काफ्ले, दिपशिखा इंगलिस बोर्डिङ्ग स्कूल बन्दिपुर–१ को कक्षा ९ मा अध्ययनरत रोशन आले मगर, नोट्रेडम मा.वि. बन्दिपुर–४ को कक्षा ११ मा अध्ययनरत समिक्षा सेन, रामशाह मावि आँबुखैरेनी–३ को कक्षा ११ मा अध्ययनरत हिरामायाँ आले र सत्यवती मावि दमौलीको कक्षा ९ मा अध्ययनरत सोफिया घर्ति समेतले उक्त छात्रबृत्ति पाएका इकाईले जनाएको छ ।
Tanahu Awaj
-
आगामी शनिबार अर्थात जुलाई ११ तारिखमा संसारभर र नेपालमा विश्व जनसंख्या दिवस मनाईँदै छ…
-
नेपाली राजनीति फेरी एक पटक सत्ता लुछाचुडीको खेलतिर धकेलिएको छ । नेपाली राजनीतिमा सत्ता…
-
“दुइमात्र सन्तान,इश्वरको वरदान”केही वर्ष अगाडि देखि जनसंख्याको वृद्धिलाई रोक्न नेपालमा यो नारा खुब प्रचलनमा…
-
पोखरेल,पौडेल, गौडेल, वाग्ले, रिजाल, रिमाल, बडाल, बराल, कोइराला, भुसाल, संग्रौला, ओली, खनाल, नेपाल, सुवाल,…
-
दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको…
-
…(के)लाई भन्दा देख्नीलाइ लाज अधिकारका लागि धेरै संर्घष भए । आन्दोलन नभएको कुनै महिना…
-
गत शुक्रबार आफ्ना सुरक्षाकर्मीको हौसला बढाउन भारत–चीन विवादित भूमि लद्दाख पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र…
-
पृष्ठभूमिःसेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्दछ भनेर सर्वोच्च अदालतले २०७४ प्रकाशनमा ल्याएको जिल्ला अदालत केन्द्रित…
-
दक्षिण एशियामा नै पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धी कानून बनाउने नेपाल अझैपनि यसमा कच्चा…
