22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

कृषकलाई पशुपालन अभिमुखिकरण

गजौंडे/केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले व्यास नगरपालिका ९ गजौंडेका पशुपालक किसानलाई एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।

मंगलबार गजौंडेमा आयोजित अभिमुखिकरणमा दुग्ध उत्पादक कृषकहरुलाई विभिन्न विषयमा जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकहरु लक्ष्मण ढकाल, अमरबहादुर कुँवर र मुक्ति पौडेलले पशुलाई घाँस तथा दाना र पानी दिने समय, पोषण युक्त घाँस तथा दाना, दूध बढाउने उपाय, दूधको गुणस्तर कायम गर्न अपनाउन सकिने उपाय लगाएत विषयमा जानकारी गराएका थिए ।

यसैगरी कार्यक्रममा पशुलाई रोगबाट बचाउने उपाय, गोठ व्यवस्थापनका बारेमा समेत जानकारी गराइएको थियो । उक्त अवसरमा पशुलाई कहिल्यै सिमेन्टेड गोठमा राख्न नहुने समेत जानकारी गराईएको थियो । पशुका लागि इट्टा ओछ्याइएको गोठ उपयुक्त हुने बताउँदै सिमेन्टेड गोठमा राख्दा घुँडाको समस्या आउने र पशुको आयु समेत घट्ने बताइएको थियो । स्थानीय ३१ दुग्ध उत्पादक किसानको सहभागिता रहेको अभिमुखिकरणमा सहभागी पुरुषोत्तम पौडेलले अभिमुखिकरण आफुहरुलाई उपयोगी भएको बताउँदै आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमको अपेक्षा स्थानीय किसानले राखेको बताए । अर्का सहभागी सुनौालो नयाँ गोरेटो कृषि सहकारीका अध्यक्ष विष्णु अधिकारीले महत्वपूर्ण जानकारी सहित आएको केन्द्रिय सहकारी टिमलाई धन्यवाद दिए

Related posts

विचरा उपभोक्ता ः राज्य, व्यापारी दुवै लुट्छन्

admin

गण्डकी प्रदेश सरकारको बजेट-पूर्वाधार विकास र पर्यटन लगायत ७ क्षेत्र प्राथमिकतामा

admin

जीप दुर्घटनामा एकको मृत्यू

admin