Tanahun Awaj
समाचार

बढ्दै डेंगु संक्रमण

दमौली÷जिल्ला सदरमुकाम दमौली लगाएत तनहुँका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जाडो बढेसंगै डेंगी संक्रमण घट्ने विश्वासमा रहेका आम सर्वसाधारण बढ्दो डेंगु संक्रमणका कारण चिन्तामा छन् ।
स्वास्थ्य कार्यालय तनुहँका अनुसार मंगलबारसम्ममा तनहुँमा डेंगु संक्रमितको संख्या छ हजार छ सय ६६ पुगेको छ । डेंगुको संक्रमण बढ्दै जाँदा दमौलीमा रहेका स्वास्थ्य संस्थामा उपचार नपाउने अवस्था समेत बनेको छ । यसका कारण संक्रमितहरु पोखरा तथा अन्यत्र धाउनु पर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाममा रहेको व्यास नगर पालिकाका सबैभन्दा धेरै पाँच हजार चारसय ७५स संक्रमित भएका छन् भने दोस्रो धेरै संक्रमित भएकामा शुक्लागण्डकी नपा रहेको छ । यहाँका चारसय ९६ संक्रमित भएका छन् । यसैगरी मंगलबारसम्म ऋषिङमा एक सय ९४, भिमादमा एक सय ८४, म्याग्देमा एक सय १०, भानुमा ८४, बन्दीपुरमा ४७, आँबुखैरेनीमा ३९, देवघाटमा २२ र घिरिङमा नौ जना सङ्क्रमित भएका छन् ।
एडिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोगबाट बच्न घर वरपर पानी जम्न नदिने, लामा बाउला भएको लुगा लगाउने, झुल ओढेर मात्र सुत्ने, लामखुट्टेको धुप बालेर वा लामखुट्टेले नटोक्ने तेल लगाएर सुत्ने गर्नुपछ ।

Related posts

तनहुँ बारले सम्झ्यो संहिता दिवस

admin

ट्रेड युनियनमा केसी

admin

सामसुम नहोस् एनसेल प्रकरण – सम्पादकीय

admin