Tanahun Awaj
समाचार

ट्रेड युनियनमा केसी

दमौली/नेपाल ट्रड युनियन कांग्रेस तनहुँको अध्यक्षमा कृष्णबहादुर केसी सर्वसम्मतबाट निर्वाचित भएका छन् ।
कांग्रेसको बैशाख १८ मा सम्पन्न सातौं जिल्ला अधिवेशनले केसीलाई निर्वाचित गरेको हो । कांग्रेसको उपाध्यक्षहरुमा खुल्लाबाट विश्वनाथ अधिकारी महिला तर्फ कमलादेवी काफ्ले, सेवा क्षेत्रतर्फ प्रमोद सोती, उत्पादन क्षेत्र तर्फ सन्तोष वाग्ले तथा अनौपचारिक तथा स्वरोजगार तर्फबाट देवी न्यौपाने पौडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सचिवमा पशुपति अर्याल, सहसचिवमा तिर्थराज परियार बर्देवा र हरिश्चन्द्र कोइराला तथा कोषाध्यक्षमा कृष्णप्रसाद तिवारी र सहकोषाध्यक्षमा उर्मिला जलारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा रिआइत मिया, नारायण बानिया, सुदिप कंडेल, बुद्धिबहादुर बराली, रामबहादुर गदाल, रश्मी सेढाईँ घिमिरे तथा सञ्जु पौडेल लम्साललाई सर्वसम्मत निर्वाचित गरेको अधिवेशनले १२ प्रदेश अधिवेशन प्रतिनिधि तथा ओजराज बगाले, लोकराज सेढाई र सुलोचना पण्डितलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरेको निर्वाचन संयोजक हरिराज काफ्लेले जनाएका छन् ।

Related posts

admin

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

जनचेतनामूलक नाटक प्रदर्शन

admin