22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

नारीलाइ सम्मान र अवसर

अप्सरा भट्टराई ऋषिङ–५, तनहुँ

जन्मैदेखि विभेद हुन्छ छोरीको जातलाई
सहने कति आफ्नै जीवनमा भाको घातलाई
स्कुल जान्छ संगैको दाई, बहिनी बारीमा
सहन शक्ति कति होला हामी नारीमा

हुर्कंदै जाँदा अनेकखाले दुव्यवहार सहने
भन्देउ दैव यस्तो सहेर कति दिन रहने
अब आवाज उठाउँ संगी अधिकार पाउनलाई
पाउँदिन रोजेको लुगा छोरीले लाउनलाई

बराबरी काममा नि ज्यालामा विभेद भाको छ
सहँदैनौं अब विभेद चेतना आको छ
चाहिन्छ समान ज्याला समान काममा
नगरौं विभेद नारीलाई सहर गाममा

दाइजो ल्याइनस् भनेर सासु सधैं कराउनी
अपराध हो भन्छु अब , कति दिन डराउनी
लैङ्गिक हिंसा, घरेलु हिंसा, सबैको शिकार
कहिलेसम्म भन्ने हामीले आफैलाई धिक्कार

कहिले बुझ्ने समाजले यो राम्रो भएन
नारीको त याहाँ कुनै अस्तित्व नै रहेन
समान शिक्षा समान अवसर नारीको चाहना
नारीलाई अधिकार दिन नगरौं बहाना

सक्षम छौं अवसर पाए, गरेर देखाउन
विराङ्गना हुन भनेर नाम लेखाउन
नर नारी बराबरी, यही सोच लिउँ है
छोरा छोरी दुबैलाई समान अवसर दिउँ ह

Related posts

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

admin

गोठादी, कोखे, च्योलोकमा कोरोना कोभिड १९ सचेतना अभियानमा पुग्यो

admin

संस्कृतिको जगेर्ना

admin