26.3 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाने भएसंगै उक्त पदमा विश्वम्भर श्रेष्ठ पदासिन हुने भएका छन् । विहिबार बसेको संवैधानिक परिषद्को बैठकले साउन २० मा रिक्त हुने प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेसंगै उनी नेपालको प्रधानन्यायाधीश हुने भएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय समेत भएको बताए ।

Related posts

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

admin

सिद्धेश्वरीमा किशोर–किशोरी लक्षित तालिम

Deepak Joshi

सामुदायिक विद्यालय प्रोत्साहन

admin