म्याग्दे/म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ को वजेट वजेट ५५ करोड ५३ लाख ५० हजार प्रस्तुत भएको छ । गाँउपालिकाको १४ औ गाँउसभाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वजेट अधिवेशनमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले ५५ करोड ५३ लाख ५० हजारको वजेट पेश गर्नुभएको थियो ।
संघिय सरकारवाट प्राप्त हुने वित्तिय समनिकरण अनुदान रु ९ करोड ५१ लाख, सशर्त चालु अनुदान रु १६ करोड २१ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड ३२ लाख ५६ हजार ५ सय, विशेष अनुदान वापत १ करोड ५ लाख, समपुरक अनुदान वापत रु ५० लाख गरि कुल जम्मा संघिय सरकारवाट ४६ करोड ४९ लाख ५६ हजार ५ सय प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
गण्डकी प्रदेश सरकारवाट पनि नगरपालिकालाई वित्तिय समनिकरण अनुदान प्राप्त हुनेछ ।
वित्तिय समनिकरण अनुदान १ करोड २१ लाख ६१ हजार, राजश्व वाँडफाँडवाट प्राप्त हुने ६० लाख १० हजार, विशेष अनुदान वापत रु ५० लाख, समपुरक अनुदान वापत रु १ करोड प्राप्त हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै सडक वोर्ड वाट आम्दानी ३० लाख, आन्तरिक आय ०७९।०८० मा खर्च नभएको जिम्मेवारी सर्ने समेत ७ करोड ४२ लाख २२ हजार ५ सय, अगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीवाट हुने आय रु ५ करोड, विपद व्यवस्थापन कोषको अल्या १० लाख, लागत साझेदारीमा जनसहभागितावाट प्राप्त हुने रु १ करोड ५० लाख, विभिन्न गैरसरकारी संस्थावाट प्राप्त हुने आय रु १० लाख, संघ संस्था र प्रदेशको विभिन्न कार्यक्रमहरुमा गाँउपालिकाको सहभागितावाट वेहोर्नपर्ने रकम रु १० लाख , मालपोत कार्यलय तनहुँवाट घरजग्गा रजिष्टूेशन दस्तुरवाट प्राप्त हुने आय ५० लाख गरि कुल ५५ करोड ५३ लाख ५० हजार हुने गाँउपालिकाले प्रक्षेपण गरेको छ ।
पालिकाले यसैगरि स्थानिय राजनैतिक दल, संघसंस्थाहरु विद्धतवग, आम नागरिक, नागरिक समाज, संचारजगत लगायत सवैवाट प्राप्त सुझावलाई समेत आधार मानी वढ्दो आर्थिक मन्दिका कारण मेलुकमा देखा परेको आर्थिक संकटलाई न्यनीकरण गर्न चालु तथा प्रशासनिक खर्चलाई कटौती गर्दे तिव्र, उच्च, फराकिलो र समावेशी हुने गरि वजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ । ं
आर्थिक वषर् ०७९।०८० को कुल वजेट विनियोजित भएकोमा आर्थिक वर्ष ०८०।०८१ मा ५५ करोड ५३ लाख ५० हजार मात्र विनियोजन गरेको छ ।
पचपन्न करोड बढीको बजेट अनुमान
previous post