दमौली/विश्व रेडक्रस दिवसका अवसरमा अयोजित माध्यमिक विद्यालय स्तरिय छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको जन्म ःबथ डतज का दिनलाई विश्व रेडक्रस दिवशको रुपमा मनाउने गरिन्छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखा अन्तरगतको लैङ्कि तथा सामाजिक समावेशीकरण समितिले सोमबार प्रतियोगिताको आयोजना गरेको थियो ।
‘रेडक्रसको सान्दर्भिकता मनै देखि सेवा’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल मा.वि.का अकिंता ढकाल प्रथम, परासर मा.वि. का प्रीन्सेस तामाङ द्वितिय र सत्यवती मा.वि.दमौलीका दिक्षा भण्डारी तृतिय भएका थिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन मन्तब्यका क्रममा प्रतियोगिताको विषयले नै प्रतियोगि विद्यार्थीहरुमा मनैदेखि सेवाको भावनाको जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । सो प्रतियोगितामा विजयी प्रतियोगिहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी लैङ्कि तथा सामाजिक समावेशीकरण समितिको संयोजक एवंम तनहूँ रेडक्रसको उपसभापति नारायणी अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखाका मन्त्री श्री सूर्यचन्द्र हड्खले, कोषाध्यक्ष प्रतापशिह अधिकारी, उपमन्त्री केशव भट्टराई र व्यास न.पा.शिक्षा शाखा प्रमूख नविन पराजुली, समिति सदस्य कविराज श्रेष्ट लगायतले मन्तब्य राखेका थिए ।
वक्तृत्वकला प्रयोगितामा व्यास न.पा. भित्रका १४ वटा विद्यालयका छात्राहरुको सहभागीताहरुको सहभागिता रहेको थियो । नरेसो जिल्ला शाखाका वरिष्ठ अधिकृत श्री शिवकाजी पियाले सञ्चालन गर्नु भएको सो प्रतियोगितामा निर्णायक मण्डलमा अस्मीता घिमीरे, राधा वाग्ले र सावित्रा खड्का रहनु भएको कुरा शाखाका लेखा अधिकृत ईमनाथ भट्टले वताउनु भयो ।
विश्व रेडक्रस दिवसमा वक्तृत्वकला प्रतियोगिता
previous post