संक्रमण प्रारम्भ भएको तीन वर्ष पूरा भैसक्दा पनि कोरोनाको त्रास बाट विश्व मानव समुदाय मुक्त हुन सकेको छैन ।
पछिल्ला दिनहरुमा विश्वभर र नेपालमा पनि यसको संक्रमणदर पुन उकालो लाग्न थालको छ । दैनिक एक वा दुइ जनामा देखिने कोरोना संक्रमण केहिदिन यता सयभन्दा वढीको दरमा हुनले यसको संक्रमण बढ्दै गएको देखाएको छ । झण्डै एक वर्षदेखि सून्य रहेको मृतकको संख्या विस्तार कहिले सून्य त कहिले एक हुँदै थपिँदै गएको छ ।
अघिल्लो सातासम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २५ रहेकोमा यो साता त्यो संख्या १२ हजार २८ भएको छ । विस्तारै संक्रमणका कारण अस्पताल धाउनेहरुको संख्या समेत बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
गत बुधबार संस्थागत आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २६ रहेकोमा हिजो बुधबार आईपुग्दा यो संख्या २९ मा उक्लिएको छ । गएको आइतबारबाट संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार ८१ संक्रमित थपिएकामा सोमबार त्यो संख्या ११३ पुग्यो भने मंगलबार यो अझै बढेर १३६ पुगेको छ । बुधबार एक जनाले ज्यान गुमाउँदा सक्रिय संक्रमितको संख्या भने ८२ मात्र रहेको छ ।
संक्रमणमा उतारचढाब भएपनि धेरै समय सून्य प्रायःमा रहेको संक्रमितको संख्या अचानक सय असापास पुग्नु, मृत्यु हुनेको संख्या सातामै तीन जना थपिनुले साबधानी नअपनाउँदा संक्रमणले भयावह रुप लिने अनुमान गर्न सकिन्छ ।
बढ्दै कोरोना संक्रमण
previous post