21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

वैशाख बाह्र सम्झँदा- सम्पादकीय

Editorial
आठ वर्ष अगाडिको वैशाख १२ अर्थात २०७२ वैशाख १२ गते शनिबा्को मध्यान्हको समय नेपाली जनका लागि त्रासद बनेर आयो । त्यो दिन ् समयले कयौंको ज्यान गयो, कयौका छाना, नाना ् खाना खोसियो । हो, उक्त दिन गोर्खालाई केन्द्रविन्दु बनाए् आएको महाभूकम्पले गोर्खा आसपासका धेरै नेपालीलाई चिहिल विहिल 

बनायो ।
आठहजार पाँचसय भन्दा बढी नेपालीको ज्यान लिएको उक्त भूकम्पले कैयौंका घरमात्र भत्काएन, गरी खाने जमिन चिरिएर धाँजा–धाँजा बनाईदिँदा खाना गुमेको छ भने ओत लाउने घर भत्किँदा धेरै बेघरबार भएका
छन् । यो वर्षायाममा मात्र हामीले सुन्यौं र पढ्यौं सिन्धुपाल्चोकको लिदी गाउँमा भूकम्पका बेला चिरिएको जमिन पहिरो जाँदा थुप्रै घरहरु बगे, धेरै धन–जनको क्षती भयो । उक्त भूकम्पका दुष्प्रभावहरु अझै कति वर्ष देखिइ रहने छन् । कतिपय ठाउँमा पानीका मुलहरु सुक्न जाँदा खानेपानी समेत नपाए् नागरिक काकाकुल हुनु पर्ने अवस्था आइसकेको छ । हाम्रा सांस्कृतिक सम्पदाहरुमा पनि भूकम्पले धेरै क्षति पु¥याएको छ । नौतले धरहरा अब इतिहासको कथा भएको छ । रानीपोखरी मात्र होइन काष्ठमाण्डप, पचपन्न झ्याले दरबार लगाएतका सम्पदामा नराम्रो क्षति पुगेको छ ।
भत्किएका घरहरु कतिपय बने भने सांस्कृतिक सम्पदाको पुनः निर्माणको काम पनि चलिरहेको छ । धरहराको पुनः निर्माण भएर पर्सी शनिबार उद्घाटन समेत हुँदैछ । हामी लडेका थियौं, ढलेका थिएनौं त्यसैले
विस्तारै उठ्दैछौं । तर टेकोको भरमा वसेको पचपन्न झ्याले दरबार देख्दा आमनेपालीको मन कँुडिने गरेको
छ । सुुकेका पानीका मुहानहरुको पुर्ताल त हामी गर्न नसकौंला तर काकाकुल हुनबाट त्यहाँका नागरिकलाई जोगाउने दायित्व राज्यले विसर्नु हुँदैन ।
वर्षाै संविधान निर्माणमा आ–आफ्नै अडानमा टसको मस नभएर बसेका नेपालका राजनैतिक दलका नेतालाई एक ठाउँमा ल्याएर संविधान निर्माणमा गति दिन भने उक्त भूकम्पले सहयोग गरेको हो, यसलाई सकरात्ममक रुपमा हेर्नुपर्ने हुन्छ, शायद । नभए संविधान निर्माणको नाममा झण्डै ८ वर्ष खेर फालेका दलले अझै आफ्नो गोरुको बाह्रै टक्कामा कति समय खेर फाल्ने थिए, निश्चित थिएन ।
भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्ने, भूकम्प आइहालेमा कसरी आफुलाई जोगाउने भन्ने कुराको
जानकारी राख्ने, उद्धारका सामग्रिको जोहो गरिराख्ने जस्ता काम सचेत नागरिकका रुपमा हामीले गर्नुपर्नेछ । बैशाख १२ नजिकिँदै गर्दा होस् वा अन्य कुनै पनि बेला भूकम्पका
बारेमा जानकारी राखौं अरुलाई पनि यसका बारेमा
जानकारी गराऔं जसले भूकम्प आई हालेमा हुने मानविय र भौतिक क्षतिलाई कम गर्न मद्दत गर्नेछ ।

Related posts

चौतारीमा वर र पिपलु

Deepak Joshi

आयुर्वेदप्रति आकर्षण- सम्पादकीय

admin

सरकारको पछिपछि राष्ट्रपति

admin