दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले तनहुँका मतदाताहरुलाई घरघर टोल टोलमा पुगेर भेटघाट गर्ने तेस्रो चरणको कार्यक्रम पुसको १८ गतेबाट शुरु गर्दैछन् ।
तेस्रो चरणको कार्यक्रम पुस १८ गतेबाट २७ गतेसम्म जारी रहनेछ । तीन चरणमा नेता जोशीले निर्वाचन क्षेत्र नं. १ का मतदातालाई टोलटोलमा पुगेर भेट्न कार्यक्रम समपन्न गर्नेछन् । १८ गते काठमाण्डौबाट आउँदै गर्दा बाटोमा पर्ने आँबुखैरेनीका मतदातासंग भेटघाट गर्ने कार्यक्रम राखेका जोशीले १९ गते वि पि विचार समाजका दशवटै पालिकाका संयोजकहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पुसको २० गते देवघाटबाट गाउँ पस्ने कार्यक्रम बनाएका जोशीले कोटा, खाल्टेका मतदाताहरुसंग भेटघाट अन्तरक्रिया गरेर साँझ देवघाटमा बास बस्ने कार्यक्रम रहेको छ । २१ गते विहान देवघाट वडा नं. ५ को मगर संघको हलमा भेटघाट गरी छिम्केश्वरी, १३ किलो पारीका पञ्चबहादुरको घरमा भेटघाट । २२ गते बर्धनका स्थानीयसंगको भेटघाट सकेर वेनीकोटका स्थानीयहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । जोशीले २३ गते प्यूघर, सारङघाट, खहरेमा आयोजित भेलालाई सम्बोधन गर्नेछन् । २४ गते दमौलीमै व्यस्त रहने कार्यक्रम अनुसार २५ गते कलेस्ती वजार, क्यामिन, मेवावारी, कात्तिके चौर हुदै टुटेपानीमा वास बस्ने कार्यक्रम रहेको छ । पुसको २६ गते पुलीमराङ, टुटेपानी, आहाले कार्यकर्तासंगको भेटघाट सकेर दमौली वास बसी २७ गते काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । पहिलो चरण कार्तिक २२–२८, दोस्रो चरण मंसिर १२–२५ सम्मका कार्यक्रम नेता जोशीले सम्पन्न गरिसकेका छन् ।