25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

‘महिला तथा बालबालिकाको अधिकार स्थापित गर्छौ’

इलामबाट देवकी घर्तिमगर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यमा बालकालिकाको अधिकार स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रम सहभागिहरुलाई उत्साहित तुल्याउँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्संख्यकको पक्षमा काम गर्न केही ऐन,  नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको खुलासा गर्नुभयो । आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उहाँले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको धारण राख्नु भएको थियो । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताउँदै मन्त्री चौधरीले ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको चर्चा गर्नुभयो । आजभोलि बुवा आमा बिर्सिने चलन बढेको तफै संकेत गर्दै मन्त्री चौधरीले
छोरा छोरी जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि आम्दानीको १० प्रतिशत आफ्नो बाबाआमालाई दिनुपर्ने कानुनको तर्जुमा गरिएको बताउनु भयो । कार्यविधि बनाएर ७५३ वटै स्थानीय तह मार्फत लागू गरिने योजना रहेको मन्त्री चौधरीले बताउनु भयो ।
ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको व्यवस्था गरेर भजन कृर्तन गर्ने, अनुभव साटासाट गर्ने, एक अर्काको दुःखमा सहयोग गर्ने वातवरण पालिकाहरू मार्फत निर्माण गरिने वताइएको छ । 

Related posts

सत्तागठबन्धनले बहुदलीय प्रतिष्पर्धालाइ निमोठ्यो, तनहुँ जिल्ला पनि ‘कुरुक्षेत्र’मा पर्ने टिप्पणी

admin

जलविहारको संभाव्यता अध्ययन

admin

स्थानीय सरकार सामाजिक सचेतनामा अग्रसर
सकारात्मक सन्देशले अपेक्षित परिणाम दिने अपेक्षा

admin