प्रहरी उपरीक्षक अरुण पौडेलले कल्याणकारी कोषका लागि सोमबार पाँच हजार पाँच सय ५५ रुपयाँ सहयोग प्रदान गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट सरुवा भएर जानुभएका पौडेलले महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि सो रकम हस्तान्तरण गर्नुभएको हो । पत्रकारहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा प्रहरी उपरिक्षक पौडेल खुशी भएको नेपाल पत्रकार महासंघ तनुहँ शाखाका सभापति उज्जल पौडेलले बताउनु भयो । नेपाल पत्रकार महासंघ तनहुँकोे पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय लिएपछि कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक, सहयोगी संस्था र व्यक्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको थियो । अहिले कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।
कोषलाई सहयोग
previous post