30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

जीप दुर्घटनामा एकको मृत्यू


ऋषिङ/ दमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट तल खस्दा अरु १६ जना घाईते भएका छन् । घाइते मध्ये एकको अवस्था अति चिन्ताजनक रहेकामा उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको प्रहरी स्रोतले बताएको छ । ज्यान गुमाउनेमा व्यास ५ निवासी २५ वर्षिया मनु थापा छन् । घाइते चारको रत्नहरी र बाँकीको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको पोखरा अस्पतालमा उपचार भैरहेको र दुई जना घर फर्कि सकेको प्रहरीको भनाई छ । अधिक यात्रु र उकालोमा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीको भनाई छ । घटनास्थल पुगेका एक प्रहरीका अनुसार जीप भीरबाट करिब एक सय मिटर तल खसेको थियो ।

Related posts

प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा

admin

खाजा कार्यक्रमलाई सहयोग गर्न आग्रह

admin

शिवसरस्वती माविमा महायज्ञको सान्दर्भिकता

admin