29.5 C
Damauli
October 11, 2026
Tanahun Awaj
Uncategorized

प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा

सम्वाददाता÷प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्ने कुरालाई कुप्रचारको संज्ञा दिएका छन् । अहिले उठी रहेका प्रश्नहरुलाई कुप्रचारको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने समेत उल्लेख गरे ।
सम्बोधनका क्रममा सरकारका कामकारबाहीहरु विधिसम्मत हुनुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा भन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन भनेर खरिद प्रक्रियामा गरिएको भ्रष्टाचारको घुमाउरो ढंगले
संरक्षण समेत गरेका छन् । उनले खरिद प्रक्रियाका विषयमा उठाइएका प्रश्नलाई कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचार भन्दै यसले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित गरेको उल्लेख गरे ।
दुइ महिना लामो टेण्डर प्रक्रिया रद्द गरेर तीन घण्टे टेण्डर प्रक्रियाबाट सामान मगाउने कार्यको प्रतिरक्षा गर्दै उनले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नभएकाले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको बताए । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको उल्लेख गरेका ओलीले अहिले गरिएका आशंकालाई सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी भन्दै चेतावनी दिए, सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।
सम्बोधनको अन्त्यमा ओलीले मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला सबैलाई ध्यान यसै लडाइँमा एकाग्र गर्न आग्रह समेत गरको छन् ।

Related posts

कानुन निर्माण र कार्यान्वयन

admin

गाउँवस्तीमा राहत पुग्यो

admin

प्रजिअ मार्फत चिकित्सक संघले गरायो सरकारको ध्यानाकर्षण

admin