22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

शिवसरस्वती माविमा महायज्ञको सान्दर्भिकता

कमलभक्त पोखरेल
पूर्व विद्यार्थी एवं शिक्षक
श्री शिवसरस्वती मावि ऋषिङ

पृष्ठभूमिः
श्रृङ्ग ऋषिको तपोभूमीको रूपमा पौराणिक कालदेखि परिचित रिसिङ गाउँ पालिकाको केन्द्रमा अवस्थित शिवसरस्वती माविले विद्यालयमा प्राविधिक विषय अध्यापन गराउने उद्देश्यले मिति २०७६ माघ १७ देखि सप्ताह व्यापी रूपमा श्रीमद्भागवत महापुराण एवम् ज्ञान महायज्ञ लगाउने सतत् प्रयास गरेको छ । जुन कार्य यस क्षेत्रको सामाजिक ,आर्थिक र शैक्षिक विकास को दृष्टिकोणले महत्त्वपूर्ण भएकोले र विकास को कोशेढुङ्गो समेत भएकोले सह्रानीय कार्य हुने भएको छ ।

दक्षिणी तनहुँका आदिवासि जनजातिलगायतका सयौं थुङ्गा फूलका मालाको रूपमा रहेका जातजातिहरू यस पवित्र कार्यको थालनीले गर्दा सहयोग को निम्ति तीव्र प्रतिक्षारत छन । विद्यालयको स्थापना गर्ने क्रममा सहादत हुनुभएका स्वर्गीय शिवराज चन्द र विद्यालय को विकासका लागि प्रयास गर्दै गर्दा सहिद हुनुभएका स्वर्गीय सरस्वती कृष्ण श्रेष्ठ को नामबाट स्थापित यस विद्यालयले आज आएर स्वर्गीय आत्माहरूको चीर शान्ति र विद्यालयको चौतर्फि विकासका लागि ढोका खुलाउन पनि महायज्ञ नै सबैभन्दा सरल र महत्त्वपूर्ण आधारशिला मानेकोमा दुईमत रहदैन । यसर्थ महायज्ञ को आयोजक, प्रायोजक तथा परिल्पनाकार तथा सल्लाहकारहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।

प्राविधिक शिक्षाको औचित्यः–
१) गाउँ बस्ती बाट कैयौं युवाहरू कामको लागि विदेशी भूमीमा गएर कठिन परिश्रम गर्न बाध्य छन् । प्राविधिक शिक्षाको माध्यमबाट गाउँ ठाउँँमै रोजगारीको श्रृजना गर्न सकिन्छ ।
२) दर्जनौ रोपनी जग्गा कौडीको भाउमा छोडेर २र३ आनामा बनेको घरलाई लाखौं रूपिया तिरेर ऋणको भारमा परेर साँघुरो दायरामा बस्नुपर्ने हालैको अवस्था बाट मुक्ति दिलाउन प्राविधिक शिक्षा नै कोशेढुङ्गा हुन सक्छ ।
३) गाउँमा अथाह संभावना हरू छन् , ज स्तै पर्यटन विकास, पुरातात्त्विक स्थलहरूको अवलोकन , कला संस्कृति को पहिचान , कौरा, घाँटु, बालन ,चुट्का ,आदिलाई विश्व सामु चिनारी गराउन सकिन्छ । होमस्टे, समर स्टे, उविन्टर स्टे आदि जस्ता कार्यक्रम बाट विश्व भरका पर्यटकलाई लामो समय सम्म राखेर करोडौं रकम लिन सकिन्छ ।
४) कालिगण्डकीका विशाल फाँटमा आधुनिक कृषि प्रणाली, लिफ्ट सिंचाइ परियोजनाबाट ईजरायलमा जस्तै कृषि क्रान्ति गराउन सकिन्छ भने राम्जाकोट धेनुङ ,साभुङ,पल्ट्याङ, गोठादी, भिरकोट,चवादी आदी स्थानहरूमा बाख्रा पालन , अदुवा खेती , कुखुरा , कालिज ,अष्ट्रिज पालन ,टर्की पालन तथा हर्राे, बर्राे, अमला, रिठ्ठा जातका रूखबाट करोडौंको औषधि तथा सेम्पो आदि निर्माण गर्न सकिन्छ ।
५) सेती विद्युत परियोजना सफल भएपछि गाउँमा विद्युत वितरण गरि संसारसंग सम्बन्ध जोड्दै सूचना प्रविधि(आई टि) को माध्यम बाट विकासको फड्को मार्न सकिन्छ ।
६) बसे वर्सेनी अरबौं रूपियाको मह उत्पादन गरेर विश्वको सर्बाेत्कृष्ट मह संसारमा वितरण गर्न सकिन्छ ।
७) वन जन्य पैदावर को सही सदुपयोग गरेर अरबौ रूपिया प्राप्त गर्न सकिन्छ ।
८) मगरहरूको मौलिक नृत्य कौरा, गुरूङहरूको घाँटु, बालन, चुड्का, हनुमान नाच आदिको माध्यमबाट विश्व को ध्यानाकर्षण गर्न सकिन्छ ।
९) मचदाङ, लिकेन्दी, बापुङ, काहँ,ु धेनुङ, साभुङ सुनाकोट, रिसिङ पाटन, बुढाकोट आदि जस्ता रसिला भूमीमा सुनौला कागती, ज्यामीर, अमिलो ,भोगटे, बिमिरो, नासपती आदीको सघन खेती गरेर विश्व बजारमा प¥ुयाउन सकिन्छ ।
१०) विचका र उच्च भागहरूमा टिमुर ,अदुवा , अम्रिसो जस्ता नगदे बाली लगाएर आम्दानी गर्न सकिन्छ । त्यसैले आदरणीय रिसिङप्रेमि जनसमुदायहरू ! देशविदेश रहनुभएका पूर्व विद्यार्थी साथीहरू !शिक्षक ज्यूहरू! आमा ,बुबा, दाजुभाइ , दिदीबहिनीहरू !आफ्नो भूमीलाई विश्वसामु चिनाउन तपाईंको सानो सहयोग ले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तपाई जहाँ हुनुहुन्छ , तपाईको आशिर्वाद रूपी मायाको कोशेली विद्यालयमा सकेसम्म आफै गएर भागवत कथा सुनेर आफूले सकेको दान गरौं, गराऔं । हामीले केही लिएर जन्मेका थिएनौं , केही लिएर पनि जाने होइन । विद्यालयमा दिएको तपाईंको दानले गाउँको संमृद्धि ल्याउन सकोस । मनै देखि शिवसरस्वती माविको यो पुण्य कार्यलाई सहयोग गरौ । जय शिवसरस्वती मावि रिसिङ ।

Related posts

कष्टकर छ माइक्रो बसको यात्रा

admin

पत्रकार मतगणनामा व्यस्त सातबजेबाट मतगणना, परिणाम आउन रातभर लाग्ने

admin

कांग्रेसको छायाँ सरकार के गरिरहेछ ?

admin