दमौली/नेपाल अडिटर्स एसोसियसन (अडान), तनहुँको आयोजनामा दमौलीमा १ दिने लेखापरिक्षकहरुको अन्तरक्रिया सुक्रबार दमौलीमा सम्पन्न भएको छ ।
अन्र्तक्रिया कार्यक्रममा अडानको सांगठानीक अवस्था, लेखापरिक्षण गर्दा परेका समस्या र सोको समाधान र नयाँ आ.व.२०७८।०७९ देखी लेखापरिक्षण प्रतिवेदन तयार गर्दा ल्ब्क् ायच ःभ्ुक ७ ँगिि ल्ँच्क् अनुसार गर्नुपर्ने भएकाले सो बमोजिम गर्न अपनाउनुपर्ने विधिवारे छलफल भएको थियो ।
अन्तरक्रियामा अडान केन्द्र्रिय उपाध्याक्ष चन्द्र बहादुर थापा, गण्डकी प्रदेश अडान अध्यक्ष केश बहादुर के.सी., सचिव पदमबन्धु पोखरेल, सदस्य सत्य प्रसाद खनाल, सदस्य ज्ञान बहादुर कार्कि र कास्कि जिल्ला अध्यक्ष रुन्द्र नाथ पौडेल र उपाध्याक्ष कमल बहादुर रेग्मी साथै तनहँु जिल्ला कार्यसमितिका कोषाध्याक्ष सब्वु श्रेष्ठ, सदस्यहरु गोर्बद्धन खनाल, श्रीभद्र खनाल, देवी बहादुर बस्नेत र कोपिलमणी शर्मा उपस्थित रहनु भएको थियो ।
केन्द्रिय उपाध्याक्ष थापाले पेशागत प्रतिबद्धता र अनुसासनमा रहेर लेखापरिक्षण कार्य गर्नुपर्नेमा जोड दिए भने गण्डकी प्रदेश कमिटिका अध्यक्ष के.सी.ले संस्थाको सांगठानीक अवस्था वारे प्रकाश पार्नु भएको थियो ।
अन्तमा, कार्यक्रमको अध्यक्षता गर्नुहुने तनहुँका जिल्ला अध्यक्ष मिन राज गौतमले जिल्लामा भएको गतिविधिवारे प्रकाश पार्नु भयो भने कार्यक्रमको सञ्चालन सचिव भोज बहादुर थापाले गर्नु भएको थियो ।
दमौलीमा अडानको अन्र्तक्रिया
previous post