21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

नवज्योतिले बनायो सामुदायिक भवन

दुलेगौंडा/नवज्योति आमा समूहले शुक्लागण्डकी–२ को गाछेपानीमा सामुदायिक भवन निर्माण गरेको छ । पचास लाख भन्दा बढी लागतमा निर्माण भएको सामुदायिक भवनको गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले माघ ३ गते उद्घाटन गर्नुभएको थियो । भवन निर्माणका लागि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी भवन विकास कार्यालय गोरखाबाट २० लाख, शुक्लागण्डकी नगरपालिकाबाट आठ लाख गरी अनुदान प्राप्त भएको थियो । त्यो माथिको रकम नवज्योति आमा समूह र गाछेपानी खानेपानी तथा सरसफाई उपभोक्रा समितिकिो तर्फबाट लगानि भएको समाचारमा जनाइएको छ ।

Related posts

माहिन्द्रीको ४६औं बार्षिकोत्सव

admin

विव्यस वडासमितिको जिम्मा

admin

मास्क लगाउने किन ?

admin