दुभुङ/स्वास्थ्य र पर्यटनका लागि खेलकुद भन्ने नाराका साथ सोमबार आयोजना गरिएको प्रथम ऋषिङ म्याराथनमा त्रिभुवन आर्मी क्लबमा कार्यरत जुम्लाका ५३ वर्षिय राजन रोकायाले प्रथम स्थान हासिल गरेका छन् ।
ऋषिङ–३ दुभुङमा गएर समापन हुने म्याराथनमा रोकायाले निर्धारित ४२.२ किमि दूरी ३ घण्टा ५१ मिनेट २६ सेकेण्डमा पूरा गरेर प्रथम स्थान हासिल गर्दै मेडल, ट्रफी, र प्रमाणपत्रका साथमा नगद ६५ हजार प्राप्त गरेका हुन् । १०२ धावक सहभागी रहेको प्रतियोगितामा २ घण्टा ५१ मिनेट ५० सेकेण्डमा पार गरेर त्रिभुवन आर्मी क्लबकै डोटी का ३४ वर्षिय धावक नवराज साउदले द्वितीय स्थान हासिल गरे भने २ घण्टा ५७ मिनेट ५० सेकेण्डमा सोही दूरी पार गर्दै सोलुखुम्बुका सुमन कुलुङ तृतिय भए । उनीहरुले मेडल, ट्रफी र प्रमाणपत्रका साथमा नगद क्रमषः ४० हजार र २५ हजार प्राप्त गरे ।
उक्त प्रतियोगितामा कालिकोटका देवराज महतरा, त्रिभुवन आर्मी क्लबका देवराज सुनुवार र किर्तिपुरका धर्म महर्जनले सान्तवना स्थान प्राप्त गरी नगद १०÷१० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
ऋषिङ गाउँपालिकाको वडा नं ८ मा रहेको ऐतिहासिक गढी डाँडाबाट सुरु भएको ८८ घावक सहभागी स्थानीय म्याराथनमा पदमबहादुर आले, नेखबहादुर आले र विजय कुमाल क्रमषः प्रथम, द्वितीय र तृतिय भए । १० किमी दूरीको उक्त म्याराथनका विजेता उनीहरुले क्रमषः १५ हजार, १० हजार र ५ हजार नगदका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिता सोही गापा–६ को ज्यामिरे माई मन्दिर परिसरमा गएर समाप्त भएको थियो ।
महिलाहरुका लागि आयोजना गरिएको ४ किमीको म्याराथनमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितिय र सुस्मिता रानाभाट तृतिय भएर क्रमषः नगद १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल, ट्रफी साथै प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ६० महिला धावक सहाभागी रहेका थिए भने प्रतियोगीताको गन्तव्य ऐतिहासिक कोटदरबार रहेको थियो ।
प्रतियोगितामा विययी सबै धावकलाई खुल्ला म्याराथनको अन्तिम गन्तव्य दुभुङमा आयोजित कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेस तरुण विभाग प्रमुख शंकर भण्डारी, संविधानसभा सदस्य धु्रव वाग्ले तथा झुलबहादुर आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले संयुक्त रुपमा नगद, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।
सोही अवसरमा पूर्व मन्त्री भण्डारीले दुभुङ भ्यू टावरको उद्घाटन समेत गरे । कार्यक्रममा प्रसिद्ध धावक बैकुण्ठ मानन्धर, जितबहादुर केसी र रमेशबहादुर भट्टचनलाई नगद तथा प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रम ऋषिङ–३ का वडाध्यक्ष दुर्गाबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसअघि गढीमा निर्माण गर्न लागिएको भ्यू टावरको संविधान सभा सदस्य झुलबहादुर आलले शिलान्यास गरेका थिए ।
ऋषिङ म्याराथनको उपाधी राजनलाई
previous post