22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

पर्यटन प्रवद्र्धनका लागि मिनी म्याराथन

बन्दिपुर/भ्रमण वर्ष २०२० लाई सफल बनाउन साथै बन्दिुपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

बन्दिपुर गाउँ पालिकाको आयोजनामा माघ १ गते आयोजना हुने म्याराथन आन्तरिक र खुल्ला गरी दुइ प्रकारको हुनेछ । गाउँ पालिकाका अनुसार गाउँ पालिकाको वडा नं १ डुम्रे बजारबाट वडा नं ४ बन्दिपुरको टुँडीखेलसम्म ८ किमी लामो म्याराथन आयोजना हुनेछ । आन्तरिक अन्तर्गत गाउँ पालिका भित्र बसोबास गर्ने धावकहरु सहभागी हुन सक्नेछन् भने खुल्ला तर्फ देश भरका धावकहरु सहभागी हुनसक्ने गाउँ पालिकाले जनाएको छ ।

तेस्रो पटक हुन लागेको यो प्रतियोगिता अन्तर्गतको खुल्ला तर्फ प्रथम र द्वितीय धावकलाई क्रमषः ३० हजार र १५ हजार नगद तथा सिल्ड र प्रमाण पत्र प्रदान गरिने छ भने आन्तरिक प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्न धावकलाई क्रमषः १५ हजार तथा ७ हजार नगद र सिल्ड तथा मेडल प्रदान गरिने छ । म्याराथनको आयोजनाले भ्रमण वर्षलाई सफल बनाउन र बन्दिपुरको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पालिकाको विश्वास रहेको छ ।

Related posts

भदौमै शुरु भयो सोह्र श्राद्ध मलमासले पन्ध्र दिन अघि सर्यो

admin

स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित रहन तनहुँ कांग्रेसको आग्रह

admin

लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ¥याली तथा सभाको आयोजना

admin