लकडाउन
लकडाउन भएको नि महिना कटिसक्यो, “नौ दिनमा नौलो, वीस दिनमा विस्र्यो” भने झैं एक दिन सक्कल राज वरपरको माहोल बुझ्न घरबाट निस्कें । लक डाउनले गर्दा जुगाड गरेको चिनी चियापत्ती पनि सकिएकोले किनी ल्याउँ भन्ठानेर पसलतिरको बाटो लागे । बाटोमा १०÷१२ जना बच्चा धुलीमाटी खेलेको देखेर सम्झाउँदै भनें ‘बाबु नानीहो यसरी धुलोमा खेल्न हुन्न, फेरी यतिबेला त बारम्वार मिचीमिची हात धुनु पर्दछ । किन स्कूल नगा’को ?
यो सुनेपछि ती बच्चाहरुले यसो सक्कलराज तिर हेरेर भने ‘होइन यी त हाम्रै स्कूलका सरले झै भन्दैछन्, हाम्रै सर त होइनन् ?’ सबै बच्चाहरु नजिकै गएर हेरे र भने सर जस्तै छ…. को हो कुन्नी !
अनि सरले बच्चालाई देखेपछि हाम्रो स्कूलका बच्चा जस्ता छन्….को हुन् कुन्नी !
नजिकै सक्कलराज र बच्चाहरुको कुराकानी सुनीरहेका एकजना व्यक्तिले हाँस्दै भने– ‘मास्टर साहेव यी तपाईकै स्कुलमा पढ्ने फलाना फलना बच्चा हुन् चिन्नु भएन र ?’ बच्चातिर हेर्दै भने तिम्रो स्कूलको सक्कलराज सरलाई विस्र्यौ कि के हो ? यो सुन्दा दुवै छक्क परे । लकडाउनले स्कूल, विद्यार्थी, विर्सने शिक्षक र शिक्षक नचिन्ने विद्यार्थी बनाई दियो । अरु त कुरै
छोडौं !