हिजोबाट ग्रेगरियन सम्बत मान्नेहरुको भित्तामा क्यालेण्डर फेरिएको छ । शुभ कामना आदान प्रदान भएका छन् अनि क्यालेण्डर फेरिएसंगै यो वर्ष केहि नयाँ गर्ने प्रतिवद्धताहरु पनि आएका होलान्/छन् ।
यसैगरी दुइ पटकको भ्रमणवर्षको आयोजनाबाट हौसिएको नेपालले हिजोकै मितिबाट नेपाल भ्रमण वर्ष प्रारम्भ भएको घोषणा गरेको छ । नयाँ वर्ष आयो भनेर क्यालेण्डर फेर्ने, केही नयाँ गर्ने प्रतिवद्धता हामीले र संसारले पहिले पनि गरेका हौं । जुन कुनै नौलो कुरा भएन । केवल हामीले आफ्ना प्रतिवद्धता पुरा ग¥यौं/गरेनौं भन्ने कुराको समिक्षा गर्ने र विगतबाट पाठ सिकेर आगामि दिनलाई अझ अर्थपूर्ण बनाउन लागि पर्ने मात्रै हो ।
हाम्रो सन्दर्भमा महत्वपूर्ण कुरो नेपाल भ्रमण वर्ष २०२० सुरु हुनु हो । अहिले सम्मको अवस्थालाई हेर्ने हो भने नेपालको पर्यटक आगमन दर झण्डै ८ प्रतिशत हो र सन् २०१९ मा नेपालमा झण्डै १२ लाख पर्यटक आएको तथ्याङ्क हामीसंग छ । हाम्रो लक्ष्य भने यो वर्ष २० लाख पु¥याउने रहेको छ । सोझो हिसाब गर्दा पनि हामीले पर्यटक आगमनको दरलाई ८ बाट बढाएर ४० प्रतिशत पु¥याउनु पर्ने देखिन्छ । जुन महत्वाकांक्षी हो । यही भौतिक पूर्वाधार, यातायातका व्यवस्था, हाम्रा हवाइमैदानको क्षमताले हाम्रो लक्ष्य भट्टाउने कठिन छ । हामीले भनेजति पर्यटकले नेपाल आउने इच्छा जनाए नै भने पनि हामी तिनलाई आतिथ्य दिन सक्षम हुने अवस्था छैन । त्यसैले हामी आफु आन्तरिक रुपमा सक्षम र तयार रहनु आवश्यक थियो तर त्यो हुन सकेन । यसो भन्दैमा भ्रमण वर्ष असफल हुन्छ भन्ने होइन । हामीले अहिलेको पर्यटक आगमनको दरलाई ८ बाट बढाएर १५/२० पु¥याउनु कोशिस भने गर्नुपर्छ र पर्यटक आउँदा आतिथ्य दिनसक्ने वातावरण बनाउने तर्फ लाग्नु पर्छ ।
राजमार्ग क्षेत्र सरसफाई गर्न लगाएतका काम गरेर स्थानीय सरकारहरुले सकारात्मक थालनी गरेका छन् तर आयोजक नै यस्ता कुरामा संवेदनशिल हुन सकेको भन्ने आभाष आम नागरिकले गर्न सकेका छैनन् । देशका प्रमुख राजमार्गहरुको अवस्थामा सुधार नहुने हो भने पर्यटक थपिने होइन बरु घट्ने अवस्था आउने छ । साथै पर्यटन व्यवसायिको मनोवृत्तिमा पनि सुधारको आवश्यकता छ । गोरो छाला भएका मानिस देख्ना साथ ठग्ने हाम्रो मनोवृत्तिले पर्यटक आगमनलाई नकारात्मक असर गर्ने पक्का छ भने भारतीय पर्यटकलाई हेप्ने प्रवृत्तिपनि हाम्रालागि घातक नै हुनेछ । यो अवसरका नयाँ वर्ष र भ्रमण वर्षको सबैका शुभ कामना । नेपाल भ्रमण वर्ष २०२० को पूर्ण सफलताको कामना ।