दमौली÷प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको देशभरका ७ सय ६६ पत्रपत्रिकाको २०७४/७५ को वर्गीकरणमा तनहुँ आवाज साप्ताहिक क वर्गमा पर्न सफल भएको छ ।
गत बिहीबार सार्वजनिक नतिजा अनुसार तनहुँबाट वर्गिकरणमा संलग्न सात दैनिक र सात सप्ताहिक मध्ये यो साप्ताहिक मात्र क वर्गमा पर्न सफल भएको हो । प्रादेशक खवर, मादीसेती प्रवाह, भञ्ज्याङ र तनहँ उद्धोष दैनिक तथा विहानी खवर, खवर बाटिका, क्यास्मिरी र ब्रेक थ्रु साप्ताहिक काउन्सिलको वर्गिकरणमा ख वर्गमा परेका छन् । यसैगरी दमौली खवर, सेतीमादी तथा लोकवाणी दैनिक र दमौली एक्सप्रेस तथा ब्यास श्री साप्ताहिक ग वर्गमा परेका छन् ।
प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड २०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरणको प्रतिवेदन तयार गर्छ । वितरण सम्परिक्षण समितिले गत असोज १४ गते पेश गरेको प्रतिवेदनको आधारमा काउन्सिलले २०७४र७५ को नतिजा सार्वजनिक गरेको हो । यो नतिजामा चित्त नबुझ्नेले १५ दिनभित्र पुनर्योग र पुनः मूल्यांकनका लागि निवेदन दिन सक्नेछन् ।